CMAT

आकर्षक बन्यो परीक्षा नियन्त्रण कार्यालय (फोटो फिचरसहित)

Bachelors Portal

यतिबेला शिक्षाका निकायमध्ये सबैभन्दा सुन्दर र सफा निकाय सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय बनेको छ ।

रङरोगन र सरसफाइले पनिका झलमल्ल भएको छ । करिब ४० वर्षअघिको भवनले नयाँ जीवन पाएको छ ।

विगतमा सेवाग्राहीले पानी पर्दा वा घाम लाग्दा ओत लगाउने ठाउँ थिएन । अब प्रमाणपत्र लिने स्थानमा ट्रस्ट राखिएको छ ।

परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले आफूले परीक्षा नियन्त्रकको जिम्मेवारी पाएपछि परीक्षा नियन्त्रण कार्यालय आउँदा निकै निरस लागेको बताउँदै भने, “विभिन्न सरकारी निकायसँग हारगुहार गरेँ । उनीहरुले स्रोत व्यवस्थापन गरिदिए । ती निकाय आफैँले टेन्डर गरेर ठेकेदार छनोट गरे । हामीले खासै रकम खर्च गर्नु परेन । काम भयो । हाम्रो पहलमा सुन्दर बन्यो ।”

उनका अनुसार रङरोगनमा करिब ३० लाख रुपियाँ खर्च भएको छ भने मर्मतसम्भारमा करिब ३५ लाख रुपियाँ खर्च भएको छ ।

पनिकाको छाना चुहिने भएर निकै समस्या सिर्जना भएको थियो । छानाका कारण विभिन्न कोठाका भित्ता पनि रसाउने अवस्था भइसकेको थियो । छानामा पानी नचुहिने गरी उपचार विधि प्रयोग गरिएको छ । क्यान्टिनमा बेसिनमात्र थियो । अब हात धुने ठाउँमा छानोका साथै ऐनाको पनि व्यवस्था गरिएको छ । “साना साना कुरा पहिले कसैले याद गरेको थिएन” उनले भने, “क्यान्टिनका भाँडा माझ्ने कर्मचारीसमेत सुरक्षित हुन् भनेर भाँडा माझ्ने ठाउँमा ट्रस्टको व्यवस्था गरिदिएका छौँ ।”

सेवाग्राहीले प्रयोग गर्ने शौचालय दुर्गन्धित हुनुका साथै अव्यवस्थित रहेकोमा सोको पनि मर्मत गरी प्रयोग गर्न सकिने बनाइएको छ । छानामा उक्लिने स्थानमा रहेको भर्याङमा जथाभावी फोहोर मिल्काइएकोमा अहिले त्यसलाई समेत सफा बनाइएको छ । पनिकाका नयाँ बोर्ड झुन्ड्याइएको छ ।

 

Thuprai - Books and E-books
I Tech store