विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आज पनि सरोकारवालासंग छलफल गर्ने भएको छ ।
हिजो नेपाल शिक्षक महासंघका पदाधिकारीसंग छलफल गरेको समितिले आज बिहान ११. ३० बजे स्थानीय सरकारका प्रतिनिधि र अन्य संघ संगठनसंग छलफल गर्ने भएको हो ।
समितिले आज नगरपालिका राष्ट्रिय महासंघ, गाउँपालिका राष्ट्रिय महासंघ र माध्यमिक विद्यालय शिक्षक युनियन, नेपालसंग छलफल गर्ने भएको छ ।
बैठक आज बिहान ११. ३० बजे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको हल, भवन नं. २, (कोठा नं.१०२) मा बस्ने भएको छ ।
हिजोको बैठक संसदीय समितिमा दफावर छलफका क्रममा रहेको विद्यालय शिक्षा विधेयक प्रति शिक्षकहरूले ६१ बुँदे असहमति जनाएका थिए ।
शिक्षकहरूलाई स्थानीय सरकारले पूर्वाग्रहका आधार दुःख दिने गुनासो छलफलमा राखेका थिए ।