CMAT

एसइईमा करिब ४७ प्रतिशत 'उत्तीर्ण'

राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको एसइईको नतिजा आज विहान सार्वजनिक गर्दैछ ।

बोर्डले सबै काम सम्पन्न गरिसकेको छ । राती नतिजा सार्वजनिक गर्दा त्यति उपयुक्त नहुने ठहर गर्दै परीक्षा नियन्त्रण कार्यालयले आज विहान नतिजा सार्वजनिक गर्न लागेको हो ।

बोर्डका एक सदस्यले यस पटकको नतिजा करिब ४७ प्रतिशत रहेको जानकारी दिए । उनले भने, "करिब ५३ प्रतिशतले ननग्रेडेडको नतिजा प्राप्त गर्ने भएका छन् । यसलाई निकै समीक्षा गर्नुपर्ने अवस्थामा पुगेका छौँ ।"

हिजो विहान डेमो गर्ने भनिए पनि ढिला गरी हुँदा नतिजा सार्वजनिक हुन सकेको थिएन । राती नतिजा सार्वजनिक गर्दा अप्रिय घटना हुन पनि सक्ने भन्दै बोर्ड सदस्यहरुको आग्रहमा नतिजा आज विहानका लागि सारिएको बुझिएको छ ।

Thuprai - Books and E-books