चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क तोक्यो

चिकित्सा शिक्षा आयोगले विभिन्न विषय अध्ययन गर्न शैक्षिक सत्र २०७७–७८ को लागि शुल्क निर्धारण गरेको छ ।आयोगले उपत्यका भित्र र उपत्यका बाहिर विभिन्न आधारमा शुलक निर्धारण गरेको हो ।

शैक्षिक सत्र २०७७–७८ का लागि गत बर्ष कायम भइ कार्यान्वयनमा रहेका कार्यक्रमको हकमा शुल्क यथावत राखी सोही अनुसार र अन्यको हकमा एकरुपता कायम गरी चिकित्सा शिक्षा आयोगको मिति गत माघ ९ गतेको निर्णयानुसार शुल्क कायम गरेको छ ।

आयोगले उपत्यकाभित्र एमबीबीएस अध्ययनका लागि ४० लाख २३ हजार २५० र   उपत्यकाबाहिर एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपियाँ शुल्क निर्धारण गरेको छ । आयोगले बीडिएस अध्ययनका लागि २० लाख १९ हजार ५ सय ८० निर्धारण गरेको आज एक सूचना जारी गरी जानकारी दिएको छ ।

 

Thuprai - Books and E-books