SEE Result 2080

सामुदायिकका दुई लाख र निजीका २८ हजारले ल्याए एनजी

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयका दुई लाख १३ हजार ५३४ परीक्षार्थीले ननग्रेडेड (एनजी) प्राप्त गरेका छन् । 

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार निजी विद्यालयका २८ हजार ७७९ परीक्षार्थीले एनजी प्राप्त गरेका छन् ।

पनिकाले दिएको जानकारीअनुसार सो परीक्षामा सामुदायिकतर्फ तीन लाख ३१ हजार ८६७ परीक्षार्थी सम्मिलित भएका थिए । निजीका एक लाख ३२ हजार ९१८ परीक्षार्थी सम्मिलित भएका थिए ।

I Tech store