After SEE Portal

बेरुजु फछर्यौट नगर्ने स्कुलका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का

Bridge Course

चितवनको कालिका नगरपालिकाले विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको छ । नगरपालिकाभित्र देखिएको बेरुजु शून्यमा झार्ने भन्दै नगरपालिकाले १० विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखको तलब रोक्का गरेको हो ।

नगरपालिकाभित्र हालसम्म रु १६ करोडभन्दा बढी बेरुजु देखिएको छ । सोमध्ये सबैभन्दा बढी शिक्षा, स्वास्थ्य र योजनामा रहेको गरपालिकाले जानकारी दियो ।

नगर प्रमुख विनोद रेग्मीका अनुसार नगरभित्रका ३५ ओटा विद्यालय सञ्चालनमा छन् । ती मध्ये कात्तिक महिनामा १३ विद्यालयमा कार्यरत शिक्षकको मात्र तलब निकासा गरिएको थियो । भने, मङ्सिरमा २५ ओटाको गरेको छ ।

सुरुमा सबैको तलब रोकिएकामा पछि प्रधानाध्यापक र लेखा प्रमुखको मात्र तलब रोकिएको प्रमुख रेग्मीले बताए । विद्यालयको बेरुजुको विस्तृत विवरण बुझाएर समय तोकेर असुल गर्ने कबुलियत गरेपछि मात्र तलब पठाइएको उनले जानकारी दिए ।

नगरपालिकाले विद्यालयमा हरेक महिना तलब निकासा गर्ने गरेको छ । सुरुमा बेरुजु असुलीका लागि धेरै भएको शिक्षा क्षेत्रबाट काम थालिएको प्रमुख रेग्मीले बताए । तलब रोकिएपछि शिक्षकका सङ्घ सङ्गठनले दबाब दिएको भए पनि नगरपालिका पछि नहट्ने उनको भनाइ छ ।

 ‘हामी कोहीप्रति पूर्वाग्रही छैनौँ । बेरुजु शून्य बनाउने हाम्रो अभियान हो ।’ उनले भने, ‘कतिपय विद्यालयको बेरुजुको बिल, भर्पाइमा जिम्मेवार व्यक्ति उल्लेख नभएकोसमेत पाइएको छ ।’

A Levels MA
Thuprai - Books and E-books