Edusanjal

अन्तराष्ट्रिय विद्यार्थी आकर्षण गर्दै त्रिभुवन विश्वविद्यालय

माघ २२,काठमाडौं — त्रिभुवन विश्वविद्यालय अन्तराष्ट्रिय सम्वन्ध केन्द्रको आयोजनामा त्रिभुवन विश्वविद्यालयमा विदेशी विद्यार्थीहरु आकर्षण गर्ने उदेश्यले तय गरिएको 'त्रिविमा १ प्रतिशत अन्तराष्ट्रीय विद्यार्थी' शीर्षकको नितिगत छलफल  आज सम्पन्न भएको छ ।

छलफलमा त्रिविको भौतिक पूर्वाधारको सुधार गर्ने साथै क्रेडिट ट्रान्सफरलाई वास्तविक कार्यान्वयन, अन्तराष्ट्रीय सम्पर्क बढाउने, पाठ्यक्रमलाई थप परिस्कृत र परिमार्जन , शैक्षिक क्यालेण्डर कार्यान्वयन, शिक्षक र कर्मचारीको क्षमता विकास,झन्झटमुक्त भर्ना साथै कक्षा सञ्चालनको वातावरण निर्माण,अन्तराष्ट्रिय छात्रावास र चमेनागृहको व्यवस्था,चुस्त र प्रभावकारी सूचना प्रणालीको व्यवस्थापन र विद्यार्थी सहयोग प्रणाली (Student Support System ) निर्माण गर्ने गरी अन्तराष्ट्रीय विद्यार्थी सम्वन्धी नीति निर्माण गर्ने भएको छ ।

छलफल कार्यक्रममा त्रिविका उपकुलपति प्रा.डा दिपक अर्यालले नेपाली विश्वकै उपयुक्त मौसमभएको देश भएकोले विदेश विद्यार्थीहरुले रुचि देखाएको,विश्वका धेरैदेशहरुमा नेपालप्रतिको सकरात्मकसाथै सुमधुर सम्वन्ध निर्माण भएकोले देशको पहिचानलाई वढावा दिन र त्रिभुवन विश्वविद्याललाई अन्तराष्ट्रीयकरण गर्न विदेशी विद्यार्थीहरुलाई आकर्षण गर्न लागिएको बताउनुभयो । भौतिक पूर्वाधार, सुरक्षा र भूराजनीतिक जटिलताका कैयौ महत्वपूर्ण पक्षलाई ध्यान दिएर डीन कार्यालयहरुलाई संलग्न गराइ विदेशी विद्यार्थीहरु भर्नागर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

त्यस्तै, त्रिविका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले विदेशी विद्यार्थीहरुका लागि विश्वविद्यालय र क्याम्पसहरुमा भौतिक पूर्वाधारका साथै सुरक्षाको अनुभूति हुनुपर्ने,देशको राष्ट्रीय सुरक्षा र भूराजनीतिक परिस्थितिको आङ्कलन हुनुपर्ने, समग्र देश र समाजको दृश्य (Image) भरपर्दो र विश्वासिलो हुनुपर्ने र सन्त्रासपूर्ण हालको विश्वविद्यालयको शैक्षिक वातावरण तथा प्रक्रियामुखि प्रशासनिक संयन्त्र व्यवस्थित बनाउनुपर्ने भएकोले अन्तराष्ट्रीय सम्वन्धि केन्द्रलाई भिसाको अधिकार दिई सवै निकायहरुको सहकार्यमा सचेततापूर्वक नीतिगत तयारी गरी अन्तराष्ट्रीय विद्यार्थी लिन सकिने बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा केदारप्रसाद रिजालले अन्तराष्ट्रीय विद्यार्थीसँगै त्यसले देशको समग्र अर्थतन्त्रमा समेतलाई सकरात्मक योगदान दिने र नेपाली विद्यार्थीहरुमा अन्तरक्रियात्मकता बढाई दुईदेश विचको शैक्षिक,सास्कृतिक पक्षहरुको समेत आदान/प्रदान गराइ समग्र शैक्षिक गुणस्तरमा सुधार ल्याउने दृष्टीकोण व्यक्त गर्नुभएको थियो ।

छलफलमा कृषी र पशुविज्ञान अध्ययन संस्थानका डिन डा.किशोरचन्द्र दाहाल, इन्जिनियरिङ अध्यययन संस्थानका डीन प्रा.डा शुसिल बहादुर बज्राचार्य, बनविज्ञान अध्ययन संस्थानका डिन डा.ठाकुर सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा मोहनराज शर्मा,विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा शंकरप्रसाद खनाल, शिक्षाशास्त्र संकायका डीन प्रा.डा वेदराज आचार्य, मानविकी तथा सामाजिकशास्त्र संकायका निमित्त डिन डा.बामदेव अधिकारी, कानूनसंकायका डिन प्रा.डा दिनानाथ पराजुली र व्यवस्थापन संकायका डीन प्रा.डा महानन्द चालिसेले आ/आफना अध्ययन संस्थान तथा संकायका शैक्षिक कार्यक्रमहरु,विद्यार्थीको संख्या, आर्थिक तथा प्रशासनिक अवस्था, अन्तराष्ट्रिय विद्यार्थीहरु आकर्षण गर्ने विषयहरु र त्यसका सम्भावनाहरु र अन्तराष्ट्रिय विद्यार्थीहरु बढाउने रणनीतिक उपायहरु समेटिएको प्रस्तुतीकरण दिनुभएको थियो ।

छलफल कार्यक्रममा त्रिवि अन्तराष्ट्रीय सम्वन्ध केन्द्रका कार्यकारी निर्देशक प्रा.डा विष्णुप्रसाद पाण्डेले त्रिविका सम्पूर्ण सरोकारवाला निकायहरुसँगको परामर्शमा आवश्यक नीतिगत निर्णयहरुका आधारमा त्रिविलाई थप अन्तराष्ट्रीयकरण गर्न विदेशी विद्यार्थीहरुले अध्ययन गर्ने वातावरण मिलाउनुपर्ने धारण राख्नुभएको थियो ।

pre school