CMAT

टोखा ९ ले २५ जनालाई कक्षा ११मा छात्रवृत्ति दिने

टोखा नगरपालिका वडा नं. ९, काठमाडौंले कक्षा ११ मा पढेने २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले आवेदन माग गरेको छ ।

आगामी साउन पाँच गते सञ्चालन गर्ने परीक्षाका लागि आवेदन दिने म्याद साउन ४गतेसम्म राखेको छ ।

सो वडाले अन्तर्गत रहेका विद्यालयमा कक्षा ११मा विज्ञान, व्यवस्थापन, मानविकी संकायमा अध्ययन गर्न चाहेन विद्यार्थीले आवेदन दिन सक्ने वडाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

परीक्षाको समयावधि भने विज्ञानका लागि १ घण्टा ३० मिनेट र मानविकी र व्यवस्थापनका लागि १ घण्टा समय निर्धारण गरेको छ ।

 परीक्षामा कक्षा ९ र १० को पाठयक्रममा आधारित विज्ञान, गणित, अंग्रेजी र सामान्यज्ञान का प्रश्न सोधिने सूचनामा उल्लेख गरिएको छ ।

Thuprai - Books and E-books