विद्यार्थिका हकहितका लागि भातृ संगठनका रुपमा खडा भएका विद्यार्थि संगठनहरु विस्तारै शिथिल हुँदै गएका छन् । विद्यार्थिको हकहितमा भन्दापनि राजनितिक एजेण्डामा विद्यार्थी संगठनहरु सकृय रहेको पाइएको छ ।
शैक्षिक एजेण्डामा विद्यार्थि संगठनहरु केन्द्रित नभएको देखिएको छ ।
यहि ४ फागुनदेखि चुनाव प्रकृया सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको थियो ।
यसैविच, विद्यार्थिहरुबिच तालमेल नमिल्दा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थि युनियनको चुनाव स्थगित गरेको छ । त्रिवि कार्यकारी परिषद्को सोमबार बसेको बैठकले विशेष कारणवश अर्को निर्णय नभएसम्मका लागि स्ववियु चुनाव स्थगित गरेको त्रिविले जनाएको छ ।
त्रिविका कार्यवाहक रेक्टर शिवलाल भुषालका अनुसार चैत अन्तिम सातासम्म चुनाव गर्ने गरी विद्यार्थि संगठनसंग छलफल गरीने त्रिविको योजना छ ।
त्रिवि अन्तर्गत् रहेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले क्याम्पसलाई परिपत्र गर्दै तोकिएको मितिमा चुनाव नहुने जानकारी गराइसकेको छ । यही १४ फागुनमा स्ववियु चुनावको मिति तय भएको थियो ।
त्रिवि र यस अन्तर्गतका प्राय क्याम्पसहरुमा वि.सं.२०६५ यता चुनाव हुन सकेको छैन ।
२०७३ मा दुई सय ५० वटा क्याम्पसमा मात्र चुनाव भएको थियो ।
विद्यार्थिहरुविच तालमेल नमिल्दा, उमेर हदवन्दिका कारण चुनाव रोकिदैं आएको छ । प्रत्येक दुइ दुइ वर्षमा चुनाव हुनुपर्ने हो । यहि ४ फागुनदेखि चुनाव प्रकृया सुरु गर्ने कार्यतालिका समेत सार्वजनिक गरिएको थियो ।