२०७८ को एसईई वैशाख ९ देखि २० गते सम्म सञ्चालन गरिने

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन हुने भएको छ । आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले एसईई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षाको समयतालिका भने बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटमा सार्वजनिक गर्ने जानकारी दिएको छ । स्थानीय चुनाव र एसईईको तालिकामा एकरुपता नहुनेगरी निर्वाचनको मिति तोकिएपछि मात्रै एसईईको समयतालिका निर्धारण गरिएको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । बोर्डले विद्यार्थीलाई दुई महिना पढ्ने समय दिएर परीक्षाको समयतालिका सार्वजनिक गरेको जनाएको छ ।उनले भने ‘हामीले वैशाखभित्र गर्ने भनेकै थियौं । तर निर्वाचन मिति तय नहुँदासम्म जुध्ने होकी भन्ने कुराले केही ढिलाइ भएको हो । निर्वाचन अघि नै परीक्षा सक्नेगरी मिति तय गरिएको हो ।’

Thuprai - Books and E-books