मंसिर ८ गतेदेखि पौष १० गतेभित्र  एसईईको आवेदन फाराम भर्नुपर्ने

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १०ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फाराम खुला गरेको छ । २०७९ सालको एसईईको आवेदन खुला गरेको हो ।

साधारण, प्रविधिक धारसहिता माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक प्रोढ  विद्यालयमा अध्यनरत विद्यार्थीहरूको परीक्षा आवेदन खुला गरेको छ ।

शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययनरत विद्यार्थीले मंसिर ८ गतेदेखि पौष १० गतेभित्र आवेदन फाराम भर्नु पर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

बोर्डले आफ्ना सम्पूर्ण शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई निर्धारित समयमा परीक्षा आवेदन फारम भर्न भराउन समन्वय गरिदिन निर्देशन दिएको छ।

 

Degrees offered in nepal
Counseling
Bachelors Portal