Bachelors Portal

एसइई पूरक परीक्षाको नतिजा असोज तेस्रो सातासम्ममा आउने

Managed Admission 2022

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसइई) पूरक (ग्रेडवृद्धि) को नतिजा असोज तेस्रो सातासम्म सार्वजनिक गर्ने भएको छ ।

बोर्डले कक्षा ११ को रजिस्ट्रेसन फारामलाई असर नपर्ने गरी नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।

बोर्डको वार्षिक कार्यतालिका अनुसार कक्षा ११ को रजिस्ट्रेसन फाराम भराउने समय असोज १५ देखि कात्तिक ३० भित्र (विलम्ब शुल्कसहित) को समय तोकिएको छ । त्यस अगाडि नै नतिजा प्रकाशन गर्ने योजनाका साथ काम भइरहेको बोर्डले जानकारी दिएकाे छ ।

बोर्डले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण गरिरहेको जनाएको छ ।  विभिन्न स्थानका ३४ वटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण भइरहेको बोर्डले जानकारी दिएकाे छ । बोर्डका अनुसार प्रतिकूल मौसमका बावजुद परीक्षण सकिएका केही स्थानबाट प्राप्ताङ्क  आइरहेको छ भने केही केन्द्रमा असर देखिएको छ । टाढा विकट क्षेत्रका कापी परीक्षण केन्द्रसम्म ल्याउन समस्या भइरहेको छ ।

२०८० सालको एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीले  ग्रेडवृद्धि परीक्षामा सहभागी भएका छन् ।

दुई लाख नौ हजार ८०४ विद्यार्थी  ग्रेडवृद्धि परीक्षामा सहभागी भएका  थिए । एनजी आएका तथा अनुपस्थित रहेका दुई लाख ३४ हजारमध्ये  करिब २३ हजार विद्यार्थीले उक्त परीक्षामा सहभागी भएनन् ।

ग्रडिङ निर्देशिका, २०६८ मा  दुई विषयमा मात्रै एनजी आएका विद्यार्थीले मात्र ग्रेडबृद्धि परीक्षा दिन पाउने व्यवस्था थियो । निर्देशिकाको उक्त व्यवस्थालाई संशोधन गरी परीक्षामा अनुपस्थित तथा ननग्रेडेड सबैलाई परीक्षामा सामोल हुने अवसर दिइएको थियो ।

Select college / campus