CMAT

त्रिवि परीक्षा नियन्त्रक र सहनियन्त्रकलाई पदबाट हटाउने प्रक्रिया सुरु

Bachelors Portal

‘उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघिबढाएका हौं ’ उपकुलपति प्राडा बरालले भने, ‘हामीले कारबाही पक्रिया सुरु गरिसकेका छौं केही गरे रोकिँदैनौं, कारबाही हुन्छ, निर्मम भएर त्रिवि सुधार गर्छौं ।’

उपकुलपतिलाई कार्यालय जान रोक लगाउने दवावका बावजुद त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रक र सह–नियन्त्रकलाई कारबाही प्रक्रिया अघि बढाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशी, सह नियन्त्रकद्धय सुरेशजंग शाही र पवन बराललाई कारबाही प्रक्रिया अघि बढाएको हो ।

त्रिविको उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न गठित उच्च स्तरीय समितिले परीक्षा नियन्त्रकलाई कारबाही गर्न सिफारिस गरेको थियो ।

सोही सिफारिसका आधारमा त्रिविले नियन्त्रक र सह–नियन्त्रकलाई पदबाट हटाउने प्रक्रिया सुर गरेको त्रिविका उपकुलपति प्राडा केशरजंग बरालले बताए ।

उपकुलपति कार्यालयले कारबाही प्रक्रिया अघि बढाए कार्यालय जान रोक लगाउने उच्च दवावका बावजुद त्रिविले परीक्षामा चरम लापरबाही गर्ने नियन्त्रक र सह–नियन्त्रकलाई कारबाही प्रक्यिा अगाडि बढाएको हो । ‘उच्च स्तरीय समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्यिा अघिबढाएका हौं ’ उपकुलपति प्राडा बरालले भने, ‘हामीले कारबाही पक्रिया सुरु गरिसकेका छौं केही गरे रोकिँदैनौं, कारबाही हुन्छ, निर्मम भएर त्रिवि सुधार गर्छौं ।’

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन गर्न त्रिवि उपकुलपति कार्यालयले राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्षको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।

त्रिवि कार्यकारी परिषद्को गत चैत १५ गते बसेको बैठकले उक्त छानबिन गर्न त्रिविका पूर्व रजिष्ट्रारसमेत रहेका पौडेलको संयोकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । कारबाही प्रक्रिया शुरू गर्नुअघि कारबाहीको सिफारिसमा परेका परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रकद्वय शाही र पवन बराल लगायत कारबाहीको सिफारिस गरिएको सबैलाई स्पष्टीकरण सोधेको थियो ।

परीक्षा नियन्त्रक जोशीलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को परिच्छेद ५६ आकर्षित हुने र पर्याय आधारसहित नियमको परिच्छेद ५७ को व्यवस्था बमोजिम पदबाट बर्खास्तसम्मको कारबाही सिफारिस गरेको थियो । सोही सिफारिस बमोजिम उनलाई पदबाट हटाउने प्रक्यिामा त्रिवि गएको हो।

सहपरीक्षा नियन्त्रक शाही र बराल, गोप्य शाखा प्रमुख पाण्डे र दाहाल, कर्मचारी न्यौपाने र जोशीलाई त्रिविको शिक्षक कर्मचारी सेवासम्बन्धी नियमको परिच्छेद १० को नियम ८२ बमोजिम कारबाही गर्नुपर्ने सुझाएको थियो ।

कारबाही गर्नुअघि कार्यकारी परिषद्को बैठक वस्नुपर्ने व्यवस्था छ। कार्यकारी परिषदमा उपकुलपति प्राडा बराल अध्यक्ष र दुई–दुईजना प्राध्यापक र डीन रहने व्यवस्था छ। कार्यकारी परिषद्को बैठकले कारबाहीको निर्णय गरिसकेको जनाएको छ । त्रिविले२०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं ४२२) र शिक्षाशास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो ।

Thuprai - Books and E-books
I Tech store