CMAT

विश्वनिकेतनबाट ४  जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच

माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० मा काठमाडौंको विश्व निकेतन माध्यमिक विद्यालयबाट ४  जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुगेको छ ।

पुनर्योग पछिको नतिजामा विभव ढकालको ४ जिपिए आएपछि पाँच पुगेको हो ।

नेपालभरीका सामुदायिक विद्यालय मध्येबाट सबै भन्दा धेरै ४ जिपिए ल्याउने विद्यालय बनेको  प्रधानाध्यापक हेरम्बराज कडेंलले जानकारी दिए । ढकालको सुरुमा ३.९५ जिपिए देखाइएकोमा पुनर्योग पछि ४ जिपिए आएको उनले बताए ।

विश्वनिकेतनबाट स्वस्तिक अधिकारी, अन्जु भुषाल, आकृति महासेठ, एन्जन थापा मगर र विभव ढकाल गरी ५ जनाले ४ जिपिए प्राप्त गरेका छन् ।

Thuprai - Books and E-books