After SEE Portal

स्थानीय प्रशासनले खोल्यो विद्यालयको ताला

Bridge Course

पञ्चेश्वर गाउँपालिकाले प्रहरीको सहयोगमा १८ महिना अगाडि निर्माण व्यवसायीले लगाएको ताला खोलेको छ। वडा नम्बर १ शेरीस्थित गडदेव आधारभूत विद्यालयको ३६ लाख रुपियाँ लागतको चारकोठे भवनमा ७९ लाख रुपियाँ खर्च भएको भन्दै भवन निर्माण समितिका अध्यक्ष केशवसिंह घटालले लगाएको ताला स्थानीय प्रशासनले खोलेको हो ।

कक्षा १ देखि  ५ सम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १२० जना बालबालिका अध्ययनरत छन् । भवन अभाव भएपछि बालबालिकालाई विद्यालयले चौरमा नै राखेर पढाउँदै आएको वाड नं. १ का अध्यक्ष दिवान सार्कीले बताए । शिक्षा खेलकुद तथा युवा शाखाका अनुसार विद्यालयको पुरानो  ७ कोठे भवन पहिरोमा पुरिएपछि आर्थिक वर्ष २०७८–७९ को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट ३६ लाख रुपियाँ लागतमा उक्त भवन निर्माण सम्झौता गरिएको थियो । भवन निर्माण गर्न विद्यालय व्यवस्थापन समितिसँग सम्झौता भए पनि व्यवस्थापन समितिले भवनको जिम्मा स्थानीय युवा केशवसिंह घटाललाई दिएको थियो । पालिका प्रमुख उपप्रमुख लगायत स्थानीय प्रशासनको रोहवरमा ताला खोलिएसंगै विद्यालय व्यवस्थापन समिति भङ्ग गरेर प्रधानाध्यापकलाई स्पष्टीकरण सोध्ने निर्णय भएको अध्यक्ष सार्कीले बताए ।

कोरोनाका कारण निर्माण सामग्री महँगो भएकाले ३६ लाख रुपियाँको चारकोठे भवनको लागत ५८ लाख रुपियाँ पुयाएर भुक्तानी दिँदा पनि निर्माण समितिका अध्यक्ष घटालले भुक्तानी नलगेको अध्यक्ष सार्कीले बताए ।

भवन निर्माणमा संलग्न निर्माणकर्ता घटालले ७९ लाख रुपियाँ दावी गर्दै आएका छन् ।  भवन राम्रो बने पनि दाबी गरेजति रकम दिन नमिल्ने पालिकाका प्रमुख गोरख बहादुर चन्दले बताए ।

भवन निर्माणमा संलग्न घटालले कोरोनाका बेला छड, सिमेन्ट र तेलको मूल्य आकासिएकाले भवन निर्माण गर्दा ७९ लाख रुपियाँ खर्च भएको दावी गर्दै आएका छन् ।  भवन निर्माण गर्दा  जनश्रमदान गर्नुपर्ने योजनामा उल्लेख भए पनि ज्यालादारीमा नै काम  गराएको उनको दाबी छ ।

 

A Levels MA
Thuprai - Books and E-books