Bachelors Portal

राजनीतिमा लागेका शिक्षकलाई कारवाही गर्ने फाइल अघि बढाउदा  सरकार परिवर्तन गर्ने खेल खेलियोः मन्त्री श्रेष्ठ

Managed Admission 2022

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्ने फाइल अघि बढाउँदा सरकार ढल्ने अवस्था आएको प्रतिक्रिया दिएकी छिन् ।

मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमार्फत नेता शिक्षकलाई केपी बाहरूले नै शिक्षाको गुणस्तर बिगारेको प्रतिक्रिया दिएकी हुन् ।

 श्रेष्ठले सामाजिक सञ्जाल मार्फत ओलीले शिक्षकले राम्रो नपढाउदा एसईईको नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिएकोमा पनि आपत्ति जनाएकी छन् ।

 उनले नेकपा एमाले अध्यक्ष कोपी शर्मा ओलीलाई प्रश्न गर्दै लेखेकी छिन्, ‘आदरणीय केपि बा१ शिक्षकले राम्रो नपढाँउदा SEE को नतिजा राम्रो भएन भनेर प्रतिक्रिया दिनुभएछ। अनि राजनितिमा लागेका शिक्षकलाई कारवाही गर्छु भनेर मैले फाइल अगाडि बढाँउदा सरकारनै परिवर्तन गर्न खोज्ने। तपाइँको शिक्षकले तपाइँकै पार्टीको सिद्धान्त पढाए मात्र हो अब।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरूमा विद्यार्थीले बुझ्ने गरी ज्ञान प्रदान गर्ने सीप नहुँदा एसइईको नतिजा खस्किएको बताएका थिए।

एमालेको भातृ संगठन अनेरास्वीयु रुपन्देहीले एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयको सम्मानमा आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षकले बुझ्ने गरी नपढाएकै कारण धेरै विद्यार्थीले फेल भएको दिउसो दिएको अभिव्यक्तिपछि उनले यस्तो प्रतिक्यिा दिएकी हुन् ।

Select college / campus