Edusanjal

महासङ्घले वार्ताका लागि टोलीको नामावली सरकारलाई पठायो

नेपाल शिक्षक महासङ्घले अध्यक्ष कमला तुलाधर, महासचिव लक्ष्मीकिशोर सुवेदी, सहअध्यक्ष पूर्ण प्रसाद दवाडीसहित १५ सदस्यीय वार्ता टोलीको नामावलीशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पठाएको छ ।

मन्त्रालयबाट शिक्षा मन्त्रीको नेतृत्वमा वार्ता गरी शिक्षकहरुका समस्या समाधान गर्न ९ सदस्यीय वार्ता टोली पठाउन पत्राचार गरेपनि महासङ्घले १५ सदस्यीय जम्बु टोलीको नामावली पठाएको हो ।

वार्ता टोलीमा शिक्षकका पेसागत संघ संगठनका पदाधिकारी रहेको महासङघले जानकारी दियो ।  महासङघका अनुसार वार्ता टोलीमा नेपाल शिक्षक महासङ्घका कोषाध्यक्ष,मोहन राज जोशी, महासङ्घका उपाध्यक्षहरु तिलक कुँवर, हेमचन्द्र महतो, टिका देवी राई र लालबाबु यादव रहेका छन् । त्यसैगरी टिका देवी राई ,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष,लक्ष्मण शर्मा, एकीकृत अखिल नेपाल शिक्षक संगठन काअध्यक्ष, शंकर अधिकारी, – अखिल नेपाल शिक्षक संगठन अध्यक्ष,घनश्याम पाठक, अखिल नेपाल शिक्षक संघका अध्यक्ष सानुभई कार्की, नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष दोला राज शर्मा, संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष, होमकुमार थापा, र नेपाल शिक्षक सङ्घ अध्यक्ष, राजेन्द्र राज पौडेल रहेका छन् ।

महासङ्घले नामावली मन्त्रालयमा पठाइसकिएको र मंसिर मसान्त भित्र निष्कर्ष निकाल्ने महासङ्घले अपेक्षा गरेको छ ।  महासङ्घले सरकारबाट वार्तालाई वेवास्ता गर्ने, विगत जस्तै ढिलासुस्ती गर्ने र टालटुले व्यावहार प्रदर्शित गर्ने जस्ता कार्य भए वार्ता छोडेर पुनः आन्दोलनमा जाने चेतावनी सहित वार्ता गएको अध्यक्ष तुलाधरले जानकारी दिइन् ।

महासङघले गत वैशाख देखि ३४ सुत्रीय मागसहित विभिन्न चरणको आन्दोलन गर्दै आएको थियो । कार्तिक १७ गते विज्ञप्ति जारी गर्दे पाँचौ चरणको आन्दोलन अन्तर्गत कार्तिक २८ गतेबाट काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने उद्घोष गरेको थियो । तर, मन्त्रालयबाट वार्ताको लागि आव्हान भएपछि आन्दोलन स्थगित गरेको थियो ।

pre school