विद्यालय शिक्षा सम्बन्धी विधेयक, २०८० सरोकारवालासंग शिक्षक प्रतिनिधि नै बसेर विधेयकका मस्यौदा तयार पारिएको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताएका छन् ।
शुक्रबारको संसद्मा सैद्धान्तिक छलफलमा उठेका प्रश्नलाई संक्षेपमा प्रस्तुत गर्दै उनले विधेयक मन्त्रीपरिषद्मा नै दुई पटक पुगेको र २०७५मा नै मस्यौदा तयार पारिएको, ब्रिफिङ गरिएको भएपनि सरोकारवालसंग जुन हदसम्म पुग्नु पर्ने हो नपुगेको स्पष्ट पारे ।
विधेयक फिर्ता लिएर परिमार्जनमा जानुभन्दा संसदीय प्रक्रिया मार्फत् संशोधन जानु उपयुक्त हुने बताए ।सरोकारवालासंग गरेको छलफलमा उठेका मागलाई संसद्मा पुर्याउने प्रतिवद्धता गरेको उनले जानकारी दिए ।
निजी क्षेत्रका विद्यालयलाई प्राथमिकता दिइयो भन्ने विषयको जवाफ दिँदै उनले संविधानले गरेको व्यवस्था अनुरुप आएको बताए । ९१ जनाले प्रश्न सोधेको मन्त्री राईले जानकारी दिए