After SEE Portal

केन्द्रले प्रतिबन्ध लगाएका सम्पादक अधिकारी नै धमाधम एसईईको प्रश्नपत्र निर्माण गर्दै

Bridge Course

सबैभन्दा गज्जबको विषय  अधिकारी शहीद शुक्र माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयका विषय शिक्षक हुन् तर उनलाई  सामाजिक विषयको विषय विज्ञका रुपमा केन्द्र तथा बोर्डले काम लगाउँदै आएको छ । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० अहिले धमाधम माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को तयारीमा जुटेको छ ।

बोर्ड अहिले आगामी चैत्र ९ गतेदेखि एसईई परीक्षा सञ्चालन गर्ने गरी कार्यातालिका निर्माण तथा प्रश्नपत्र निर्माणमा जुटेको बोर्ड उच्च स्रोतले जानकारी दियो ।

पाठ्यक्रमका अन्तर्राष्ट्रिय परिभाषा तथा राष्ट्रिय मान्यता अनुरुप पाठ्यक्रमका तत्त्व सिकाइ क्रियाकलाप र मूल्याङ्कन एक अर्काका अन्तरसम्बन्धित मानिन्छन् । पाठ्यक्रमको उद्देश्य अनुरुप सिकाइ क्रियाकलाप गर्नुपर्छ र पाठ्यक्रमले निर्दिष्ट गरेको सीमा भित्र रहेर नै मूल्याकङ्कन गर्नुपर्ने शिक्षाको सर्वमान्य सिद्धान्त हो । तर बोर्डले सिकाइ क्रियाकलापका लागि छापिने पाठ्यपुस्तकका प्रतिबन्धित सम्पादकलाई नै कक्षा १० को अन्तिम परीक्षाका लागि प्रश्नपत्र निर्माण गर्न लगाइरहेको छ ।

पाठ्यक्रम विकास केन्द्रले अर्काको सामग्री हुबहु सारेको भन्दै माघ ६ गते मात्र तीन वर्षका लागि कुनै पनि पाठ्यसामग्री लेखन तथा सम्पादनमा रोक लगाएका सम्पादक ज्ञानबहादुर अधिकारी नै अहिले प्रश्नपत्र निर्माणमा संलग्न रहेको पाइएको छ । सबैभन्दा गज्जबको विषय  अधिकारी शहीद शुक्र माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयका विषय शिक्षक हुन् तर उनलाई  सामाजिक विषयको विषय विज्ञका रुपमा केन्द्र तथा बोर्डले काम लगाउँदै आएको छ । 

कक्षा ५, ६ र ७ का सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा विषय लेखन तथा सम्पादनका लागि प्रतिबन्ध लगाएका अधिकारी नै कक्षा १० को सोही विषयका प्रश्नप्रत्र धमाधम निर्माण गरिरहेका छन् ।

केन्द्रले जारी गरेको सूचनामा स्पष्ट भनिएको छ,‘शैक्षिक सत्र २०८० देखि तीन शैक्षिक सत्रसम्मसरकारी तथा निजी प्रकाशनबाट पाठ्यसामाग्री लेखन सम्पादन लगायत पाठ्यसामग्री प्रकाशनसंग सम्बन्धित कार्य गर्न प्रतिबन्ध गराइएको व्योहोरामिति २०७९–१०–०५ को निर्णयअनुसार जानकारी गराइएको छ ।’

यस विषयमा परीक्षा नियन्त्रक बिष्णु नारायण श्रेष्ठसंग प्रत्यक्ष तथा टेलिफोन सम्पर्क गर्न पटक पटक खोज्दा पनि सम्पर्क हुन सकने ।

 

A Levels MA