CMAT

डिन हुन पेस गरेका कागजात शङ्कास्पद

Bachelors Portal

नेपाल खुला विश्वविद्यालयको सामाजिक विज्ञान तथा शिक्षाशास्त्र संकायका डिन डा. खगेन्द्र प्रसाईले डिन बन्नका लागि पेस गरेका कागजात शङ्कास्पद रहेको पाइएको छ ।

उनले पेशका गरेका कागजात नक्कली भएको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । आयोगले सो विषयमा छानविन गर्न विश्वविद्यालयलाई निर्देशन दिएको छ । 

विश्वविद्यालय सूत्रका अनुसार डा. प्रसाईले पेस गरेको १० वर्षे कार्यानुभवको कागजात र जर्नलमा प्रकाशित लेख सबै नक्कली भएको अख्तियारमा उजुरी परेको थियो । डिन हुनका लागि कम्तीमा १० वर्ष प्रशासनिक कार्यानुभव हुनुपर्ने र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख प्रकाशित हुनुपर्ने व्यवस्था छ ।

विश्वविद्यालयभित्र यस विषयलाई लिएर मतान्तर देखिएको छ । विश्वविद्यालयका उपकुलपति प्राडा शिलु मानन्धर बज्राचार्यले अख्तियारले दिएको निर्देशनअनुसार विश्वविद्यालयभन्दा बाहिरका विज्ञको सहयोगमा छानविन गर्नुपर्छ भन्दै आएकी छिन् । तर विश्वविद्यालयका रजिष्ट्रार डा. गोविन्दसिंह विष्टले आन्तरिक रुपमा छानविन गरी यस विषयलाई टुङ्ग्याउनुपर्ने भनाइ राख्दै आएका छन् । दुवै पदाधिकारीबीचको मतान्तरले निकै दिन बित्दा पनि यो विषय थाति रहन पुगेको छ ।

विश्वविद्यालय सूत्रका अनुसार डिन डा. प्रसाई नेकपा (एकीकृत समाजवादी) निकट मानिन्छन् । २०७९ चैत २० गते उनी डिन नियुक्त भएका थिए । लगत्तै अख्तियारमा उजुरी परेपछि गत वैशाखमा अख्तियारले छानविन गर्न निर्देशन दिएको थियो ।

विश्वविद्यालयको पुनरावेदन आयोगको व्यवस्था भए पनि हाल त्यसमा पदाधिकारीविहीन अवस्था छ । सो आयोग विश्वविद्यालयको कार्यकारी परिषद्ले गठन गर्नुपर्छ । अख्तियार लगायतबाट आएका निर्देशन लगायतका विषयलाई पुनरावेदन आयोगले टुङ्गो लगाउनुपर्न हुन्छ । तर आयोग नभएकाले बाहिरका विज्ञलाई झिकाएर छानविन गराउनुपर्ने माग विश्वविद्यालयभित्र गरिँदै आएको छ । हाल विश्वविद्यालयको सेवा आयोग पनि रिक्त छ । 

Thuprai - Books and E-books
I Tech store