After SEE Portal

समितिले उपकुलपति नियुक्तिको विषयलाई लिएर भोलि मन्त्रालयसंग छलफल गर्ने

Bridge Course

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट समितिका संयोजकसंग भोलि छलफल गर्ने भएको छ ।

समितिले उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा शिक्षा,विज्ञान तथा प्रविधि  मन्त्रालयसंग  छलफल गर्ने भएको छ । समितिले आज सूचना जारी गर्दै उपकुलपति नियुक्ति प्रक्रियालगायतका विषयमा मन्त्रालयसंग  छलफल गर्ने जनकारी दिएको हो ।

विवादित तथा पूर्व उपकुलपतिहरूको नाम सर्टलिष्टमा परेको भन्दै आज राष्ट्रिय सभाको बैठकमा समेत चर्को विरोध भएको थियो । उपकुलपतिको सर्टलिष्टको विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

त्रिविको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले माघ २५ गते  राती अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरेको थियो ।

समितिले कुशुम शाक्य, केशरजङ्ग बराल, गोविन्द सुवेदी, चित्रबहादुर बुढाथोकी, ज्ञानेन्द्रप्रसाद पौड्याल, टङ्कनाथ धमला, तीर्थराज खनियाँ, नारायणप्रसाद वेलबासे, प्रकाश घिमिरेको नाम सार्वजनिक गरिएको छ । त्यस्तै भोजराज अर्याल, महेन्द्रप्रसाद शर्मा, रामचन्द्र बस्नेत, शिवलाल भुसाल र सूर्यबहादुर थापाको नाम सार्वजनिक गरेको छ ।

सार्वजनिक भएकामध्ये त्रिविका एक जना पूर्वउपकुलपति, वर्तमान उपकुलपति र कतिपय अन्य विश्वविद्यालयका पूर्वउपकुलपति  भइसकेका व्यक्ति  छन् ।

 

A Levels MA
Thuprai - Books and E-books