शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिका लागि नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले उम्मेदवारी दर्ता गराएका छन् ।
आज थापाले समितिको सभापतिका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरूसंग कुरा गर्दै उनले आफू समितिको सभापतिमा सर्वसम्मत हुने विश्वास व्यक्त गरे ।
उनले शिक्षामा रहेका जटिलताहरू समाधान गर्नेगरी अघि बढ्ने बताए । उनले शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा समितिमा गतिका साथ काम गर्ने प्रतिबद्धता वयक्त गरे ।
‘सर्वसम्मत होस् भन्ने चाहना छ । सबै साथीहरूले मलाई रुचाउनुहुन्छ भन्ने लाग्छ । बाँकी दिनमा शिक्षामा जुन जटिलता छ, त्यो जटिलतालाई कसरी पन्छाएर सहज बनाउने भन्नेमा गम्भीर रूपले लाग्नेछु ।’ उनले भने, ‘शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील कुरामा मिनी संसद्को हिसावले गतिका साथ अघि बढाउनेछु । देशमा शिक्षाका लागि गुणस्तर ढङ्गले अघि बढाउने पक्षमा छु । शिक्षामा प्रतिस्पर्धा कसरी गराउन सकिन्छ रु यो कानुन कसरी ल्याउन सकिन्छ भन्नेमा म छु । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु ।’
थापाको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेल, समर्थकमा दीपा शर्मा रहेका छन् । समिति सभापतिको निर्वाचन चैत्र ७ गते हुँदैछ ।