Bachelors Portal

न्याम्समा  शिक्षक दरबन्दी थपियो

Managed Admission 2022

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्तर्गतका  मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्र्याजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ ।

न्याम्सको ३१औँ सिनेट बैठकले  शिक्षक दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । 

गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरूमा पोस्ट ग्र्याजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने  निर्णय सिनेटले गरेको छ ।

देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा चार सयसम्म पोष्ट ग्र्याजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर भूपेन्द्रकुमार बस्नेतले जानकारी दिए । ‘सरकारी कलेजमा पोस्ट ग्र्याजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यस निर्णयबाट धेरै विद्यार्थी लाभान्वित हुनेछन्’, उनले भने ।

हाल प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरूमा ११२ जना विद्यार्थी वार्षिक रूपमा पोस्ट ग्र्याजुएट अध्ययन गरिरहेका छन् ।

शिक्षक अभावमा दक्ष जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए ।

बैठकले यसअघि न्याम्सअन्तर्गत शैक्षिक आबद्धता लिएका आङ्गिक कलेज भरतपुर अस्पताल, कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाई समेत आबद्धता दिने निर्णय गरेको छ ।

ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको हो ।

यसैगरी, मेची र गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालका लागिसमेत पोस्ट ग्र्याजुएट मा  कोटा थप गनेृ लक्ष्य सहित शिक्षक दरबन्दी स्वीकृत गरिएको छ ।

भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामती नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए ।

यस्तै प्रतिष्ठानले चिकित्सा शास्त्रतर्फको स्नातक तह (एमबिबिएस( कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानअन्तर्गत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिङ क्याम्पसलाई अब एमबिबिएस अध्यापन गराउन याृ निर्णयले बाटो खुलेको उपकुलपति बस्नेतले बताए ।

Select college / campus