A Levels MA

काठमाडौं विश्वविद्यालयको विशेष सभा १३ माघमा, के के छन् एजेण्डा ?

काठमाडौं विश्वविद्यालयको विशेष सभा आगामि १३ माघमा हुँदैछ ।

विशेष सभामा पाँच वटा एजेण्डा तय गरीएका छन् । स्रोतका अनुसार विशेष सभामा विश्वविद्यालयको कार्यव्यवस्था संसोधन, आर्थिक नियमावलि संसोधन, दरवन्दी सम्बन्धमा, विभिन्न समितिहरुको प्रतिवेदन पेश गरीनेछ । 

विशेष सभाको तयारीका लागि सांसदहरुलाई निमन्त्रणा भइसकेको छ । हाल विश्वविद्यालय विवादमा फसेको छ । कार्यव्यवस्था संसोधनमा  विश्वविद्यालयले प्राध्यापक संघलाई मान्यता दिने र विश्वविद्यालयको हरेक कार्यक्रम सहित निर्णय प्रकृयामा सहभागिता गराउने विषय समेट्ने तयारी छ ।

गत भदौ ३० मा प्राध्यापक संघ र विश्वविद्यालयका उपकुलपति प्रा.डा.रामकण्ठ मकाजु बिच चार वुँदे सम्झौता भएको थियो ।

सम्झौता कार्यान्वयनमा विश्वविद्यालयले तदारुकता नदेखाएपछि प्राध्यापकहरु अहिलेपनि आन्दोलनमा छन् । 

Thuprai - Books and E-books