Bachelors Portal

पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षति

Managed Admission 2022

बाढी–पहिरोका कारण  विभिन्न जिल्लामा  प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि  मन्त्रालयमा आइरहेको छ ।  हालसम्म विभिन्न जिल्लाका ८७ विद्यालयमा क्षति पुगेको छ ।

हालसम्म मन्त्रालयमा आएको विवरण अनुसार काभ्रेका विद्यालयमा बढी क्षति भएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार तेह्रथुम, ललितपुर, सिन्धुली, काभ्रेपलान्चोक, गुल्मी र सुर्खेतका विद्यालयहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको देखिएको हो । तेमालको कालिका प्राविको एउटा भवन पुरिएको छ । भने धुलिखेलको विनायक आवि पुरिएको छ । कालिदेविमावि समेत क्षति पुगेको छ । 

पहिलो दिनको तथ्यांक अनुसार १२ जिल्लाका ५३ विद्यालयमा क्षति पुगेको पाइएको थियो । पहिरोमा परेर हालसम्म ८ जना विद्यार्थीको मृत्यु भएको विवरण आएको मन्त्रालयले जानकारी दिएको छ । भने अन्य मानवीय तथा अन्य क्षतिको विवरण आइरहेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

नेपाल प्रहरीका अनुसार सोमबार अपरान्हसम्मको अवधिमा बाढी पहिरो र डुबानबाट मृत्यु हुनेको संख्या दुई सय पुगेको हो । त्यस्तै, घाइते १२७ र २६ जना बेपत्ता रहेका छन् । विपद्‌मा परेका ४ हजार दुई सय २२ भन्दा बढीको उद्धार भएको छ ।

Select college / campus