After SEE Portal

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा शर्मा

Bridge Course

लोक सेवा आयोगको सिफारिसमा महाश्रम शर्मालाई राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त गरिएको छ ।

बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले पुर्व सचिव शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

शर्माको अवधारणा र कार्ययोजनाको प्रस्तुतिकरण आयोगले गत पुस एक गते आयोगको केन्द्रीय कार्यालय, कमलपोखरीमा प्रस्तुत गरेका थिए । आयोगले अन्तर्वार्ता भने पुस दुई गते लिएको थियो ।

६४ वर्षीय शर्मा, नेपाल शिक्षा सेवाका पूर्व कर्मचारी हुन् । बागलुङ जैमिन नगरपालिका १० निवासी शर्माले २०३३ सालमा बागलुङ पागीको जनता माविबाट शिक्षण सेवा सुरु गरेका थिए ।

२०३६ सम्म सर्खुवाको जनता माविमा अध्यापन गरेका यिनी २०३८ देखि ४१ सम्म सोलुखुम्बुको खुम्जुङ माविमा विज्ञान विषयको अध्यापन गरका थिए ।

४१ सालमा महेन्द्र भवन मावि काठमाडौंमा अध्यापन गदागर्दै २०४२ सालमा विद्यालय निरीक्षक पदबाट निजामती सेवा सुरु गरेका हुन् । साविबको शिक्षा विभागको महानिर्देशकको अनुभव हासिल गरेका उनी २०७२ सालमा नेपाल सरकारका सचिव भएका थिए । २०७४ सालमा नागरिक लगानी कोषका अध्यक्ष बनेका शर्माले २०७७ सालमा नेपालको सामुदायिक माध्यमिक विद्यालयको व्यवस्थापन अभ्यास विषयमा विद्यावारिधि हासिल गरेका थिए ।

A Levels MA
Thuprai - Books and E-books