Bachelors Portal

महानगरपालिकामा एसईई पुरक परीक्षा तयारी कक्षा सुरु

Managed Admission 2022

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको तयारी कक्षा सुरु गरेको छ ।

२०८० सालको एसईईमा नियमित परीक्षार्थीमा सहभागी भएर ग्रेड वृद्धि पाउन नसकेका ८७३ जना विद्यार्थीका लागि कक्षा सुरु गरिएको हो ।

महानगरपालिकाले सय शिक्षकको रोष्टर बनाएर कक्षा सञ्चालन थालिएको जानकारी दियो ।११ वटा स्रोत केन्द्रमा दैनिक करिब ७० वटा कक्षा चल्ने शिक्षा छ।

 कक्षा सञ्चालनका लागि गएको शुक्रबार सहरी योजना आयोग र शिक्षा विभागले, विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुसँग छुट्टाछुट्टै तयारी वैठक गरेको थियो ।

महानगरपालिकाभित्रका ५८ वटा सामुदायिक विद्यालयबाट एसईईमा ३ हजार ९५९ जना विद्यार्थी सहभागी भएका थिए । जसमध्ये ३ हजार ८६ जना (७८) प्तिशतले ग्रेडेड थिए । बाँकी ८७३  जना (२२) प्रतिशत  विद्यार्थी ननग्रेडेड भएर पुरक परीक्षामा सहभागी हुँदैछन् ।

विषयगत रुपमा  सबैभन्दा धेरै ४५९ जना विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन् । त्यसपछि अर्थशास्त्रमा २१९ जना, विज्ञानमा २६६ जना, सामाजिकमा १८९ जना, नेपालीमा ११६ जना, अंग्रेजीमा ९१ जना, लेखामा ७० जना, अप्सनल म्याथमा ५८ जना, कम्प्युटरमा २० जना, जनसंख्यामा ८ जना अनुत्तीर्ण भएका छन् । इलेक्ट्रिकल मेसिन विषयमा ४ जना, भूगोलमा ३ जना, वेसिक इलेक्ट्रिकलमा ३ जना, इन्डष्ट्रियल इन्स्टलेसनमा २ जना, इलेक्ट्रिकल इञ्जिनियरिङ्मा १ जना र वातावरण विज्ञानमा १ जना अनुत्तीर्ण छन् ।

यी विद्यार्थीहरुलाई स्रोत केन्द्रमा क्याम्प राखेर कक्षा सुरु गरिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यी कक्षाहरु पास गराउनमाभन्दा पास गराउने वातावरण तयार गर्नका लागि हुन् ।’ भनाइलाई थप स्पष्ट पार्दै उहाँ भन्नुहुन्छ, ‘पास गराउन पाठ पढाइन्छ । पास गराउने वातावरण तयार पार्दा विद्यार्थीलाई पाठ पढाउनुका साथै सिकाइप्रति उत्साहित गरिन्छ । केही विग्रिएको छैन भनेर प्रोत्साहित गरिन्छ ।’

Select college / campus