A Levels MA

एसईईका विद्यार्थीले यसरी पाउने छन् प्रमाणपत्र

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ ।

यसबाट एसईईको मूल्याङ्कन र प्रमाणीकरणका लागि बाटो फुकेको छ । बोर्डबाट कार्यविधि स्वीकृत भएको छ । 

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले अब यसै आधार विद्यालयहरुले आफ्ना विद्यार्थीको मूल्याङ्कन गरी नतिजालाई सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइमा पठाउन सक्ने र एकाइले बोर्डलाई उपलब्ध गराउने जानकारी दिए । “कार्यविधिअनुरुप आएका नतिजालाई हामीले प्रमाणीकरण गरिदिनेछौँ” उनले भने । उनका अनुसार यही असार २० गतेसम्म  विद्यालयहरूले एकाइलाई र एकाइले असार ३० गतेसम्म बाेर्ड समक्ष पठाइसक्नुपर्नेछ ।

कार्यविधिले मूल्याङ्कन समिति गठन गर्नुपर्ने र त्यसकाे जिम्मेवारी विद्यालयलाई दिने प्रष्ट गरेकाे छ । सम्बन्धित विद्यालयका प्रधानाध्यापक अध्यक्ष रहने, एक जना कक्षा शिक्षक तथा अर्का एक जना जेष्ठ वा शिक्षक प्रतिनिधि गरी तीन जना शिक्षक साे समितिमा रहनेछन् ।

बाेर्डका अध्यक्ष डा. पाैडेलले तीन वटा परीक्षा नलिइएका विद्यालयले एउटा परीक्षाका आधारमा पनि मूल्याङ्कन गर्न सक्ने गरी सूत्र तयार गरिदिएकाे बताए ।

एसईई ग्रेड वृद्धि र एक्जाम्टेडका परीक्षार्थीले समेत विद्यालयमा सम्मिलित भएकाे अन्तिम परीक्षाकाे नतिजाका आधारमा प्रमाणपत्र पाउने भएका छन् । कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले त्यस्ता परीक्षार्थीहरूलाइसमेत नियमिततर्फका विद्यार्थीका लागि ल्याइएकाे कार्यविधिले सम्बाेधन गर्ने जानकारी दिए । उनका अनुसार त्यस्ता विद्यार्थीहरूकाे संख्या करिव १६ हजार छ । 

Thuprai - Books and E-books