पोखरा महानगरपालिकाले भोलि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको समुद्घाटन समारोहका लागि सम्पूर्ण विद्यालय बिदा गर्ने भएको छ ।
महानगरपालिका कार्यालय महाशाखारशाखा र वडा कार्यालय तथा अर्न्तगतका विद्यालय एवं शैक्षिक संघसंस्था समेतमा लागुहुने गरी स्थानीय विदा दिने भएको हो ।
भोलि महानगरपालिका अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचरी र शिक्षकहरूलाई अनिवार्य रुपमा उद्घाटन समारोहमा उपस्थित गराउन निर्देशन दिएको छ ।