After SEE Portal

नगर प्रमुखको पारिश्रमिकबाट छात्रवृत्ति वितरण

Bridge Course

बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले आफ्नो पारिश्रमिक आउने रकम सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्तिका रुपमा वितरण गर्नुभएको छ । 

उहाँले सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४४ जनालाई एक वर्षको पारिश्रमिकस्वरुप प्राप्त गर्नुभएको रु तीन लाख ८५ हजार नगरप्रमुख छात्रवृत्ति कोष–२०७५ मार्फत वितरण गर्नुभएको छ । यो छात्रवृत्ति नगरका सम्पूर्ण सामुदायिक विद्यालयका एक÷एकजना विद्यार्थीले प्राप्त गरेका हुन् । 

छात्रवृत्ति वितरण तथा व्यवस्थापनका लागि नगरपालिकाले उप—प्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा एक समिति गठन गरेको थियो । नगरप्रमुख घिमिरेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न र गरिब तथा जेहेन्दार विद्यार्थीलाई उत्साही बनाउन आफूले प्राप्त गर्ने पारिश्रमिक छात्रवृतिमा लगाउने निर्णय गरेको बताउनुभयो । उहाँले आफूले बाँकी चार वर्षको पारिश्रमिक पनि छात्रवृत्तिमै लगाउने घोषणा गर्नुभयो । 

यस वर्षलाई शैक्षिक सुधार वर्षको रुपमा लिएको तिलोत्तमा नगरपालिकाले आउँदो तीन वर्षभित्र नगरका सबै सामुदायिक विद्यालयलाई संस्थागत विद्यालयकास्तरमा पु¥याउने लक्ष्यअनुसार बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई दिवा खाजा दिने अभियान शरु गरेको छ । यस्तै कक्षा ५ सम्मका विद्यार्थीलाई घरबाट खाजा ल्याउन टिफिनकारीसमेत वितरण गरेको छ । 

चालु आर्थिक वर्षमा सबैभन्दा बढी बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको तिलोत्तमाले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेको छ । 

A Levels MA
Thuprai - Books and E-books