डा दाहाललाई अपमान नगर्न आग्रह

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले काठमाडौँ विश्वविद्यालयबाट सम्बनधनप्राप्त काठमाडौँ मेडिकल कलेज अस्पतालले पाठ्यक्रमभन्दा बाहिर गएर काममा खटाउँदा नमानेका आधारमा आवासीय चिकत्सक डा विशद् दाहाललाई कलेज प्रवेशमा नौ दिनदेखि रोक लगाएका विषयमा चासो दिएको छ । 

सांसद डा तोषिमा कार्कीले सो विषयमा प्रश्न उठाउँदै विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगको पत्रकोसमेत अवज्ञा गर्ने सो कलेजलाई कारबाही गराउन माग गरेपछि सभापति जोशीले बैठकमा सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीलाई सो विषयमा गम्भीर भई सहजीकरण गर्न र उक्त कलेजमा कुनै अप्रिय घटना हुन नदिन निर्देशन दिए ।

Degrees offered in nepal
Counseling
Bachelors Portal