CMAT

शिक्षक प्रोत्साहन कार्यक्रमका लागि बजेट विनियोजन गर्ने तयारी

आगामी वर्षको बजेटमा विद्यालय शिक्षा सुधारका लागि शिक्षक–विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गरिने भएको छ ।

यसका लागि सबै सामुदायिक विद्यालयको तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित सबै निकाय परिचालन गरिएको छ । सङ्कलित तथ्याङ्कका आधारमा बजेट व्यवस्थापन गरी शिक्षक दरबन्दी मिलान, (शिक्षक थप, सरुवा) शिक्षक प्रोत्साहन कार्यक्रम सञ्चालना ल्याइने र त्यसका लागि बजेट भाषणमा नै सम्बोधन गर्ने गरी तयारी गरिरहेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार शिक्षकलाई प्रत्यक्ष राजनीतिबाट टाढा राख्नका लागि कारबाहीको प्रक्रिया अघि बढाएको, यसका लागि पनि तथ्याङ्क सङ्कलन भइरहेको छ ।

सचिवालयका अनुसार आगामी वर्षको बजेटमा शिक्षकलाई प्रत्साहनको व्यवस्थापन गर्न बजेट विनियोजन गर्न पहल भएको छ ।

उच्च शिक्षा सुधारका लागि त्रिविमा पहिलो प्राथमिकतामा वार्षिक क्यालेण्डर लागु गर्ने, परीक्षा सञ्चालन तथा व्यवस्थापनमा कडाइ गर्ने गरी त्रिवि पदाधिकारीसंग बारम्बार छलफल भइरहेको सचिवालयले जनाएको छ ।

अतिक्रमित जग्गा फिर्ता गर्न उच्च स्तरीय समिति बनाउने पदाधिकारीसंग पहल भइरहेको सचिवालयले जनाएको छ ।

Thuprai - Books and E-books