CMAT

कर्णालीमा चिकित्सा शिक्षामा स्नातकोत्तर तह सञ्चालनको अनुमति

Bachelors Portal

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सा शिक्षामा ‘स्नातकोत्तर तह सञ्चालनको अनुमति पाएको छ । सरकारले प्रतिष्ठानलाई ‘एमडिजिपी इन जनरल प्राटिक्स, ‘एमडी इन एनेस्थेसिया, ‘एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तह सञ्चालनका लागि स्वीकृति प्रदान गरेको हो ।

प्रतिष्ठानका कूलपति एवं प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन विधामा चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.निरेश थापाले जानकारी दिए । “सो निर्णयबाट अब कर्णाली स्वास्थ्य विज्ञानमा विशेषज्ञ सेवाको अध्ययन अध्यापन कार्यको ढोका खुलेको छ,” शिक्षाध्यक्ष डा.थापाले भने, “यही शैक्षिक सत्रदेखि अब स्नातकोत्तर तहको चिकित्सा शिक्षाको पढाइ गरिनेछ ।”

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले स्नातकोत्तर तहको विशेषज्ञ चिकित्सा शिक्षा दिने अवसर प्रतिष्ठान जुम्लालाई मिलेकोमा गर्व लागेको प्रतिक्रिया दिए । “कर्णालीले अब मुलुकलाई आवश्यक पर्ने दक्ष चिकित्सक उत्पादन गर्ने छ । “ उनले भने, “कर्णालीलाई यो अवसर प्रदान गरेकोमा प्रधानमन्त्री, राष्ट्रिय चिकित्सा शिक्षा आयोग तथा प्रतिष्ठानका पदाधिकारी र शुभचिन्तक सबैलाई धन्यवादसहित बधाई ज्ञापन गर्दछु ।”

प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले आयोगको पूर्ण बैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडी, एमएसका पाँच सिट सुनिश्चित भएको धारण व्यक्त गरे ।

बन्दाबन्दी र निषेधाज्ञाकै बीचमा नेपाल सरकारले एमडी÷एमएस कार्यक्रम सञ्चालनको अनुमति दिएपछि कर्णालीमा खुशी छाएको छ । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीले मुलुकलाई डाक्टर उपलब्ध गराउने ऐतिहासिक अवसर पाएको छ प्रतिक्रिया व्यक्त गरे ।

Thuprai - Books and E-books
I Tech store