CMAT

मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमति

Bachelors Portal

वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहमा अध्यापन गर्ने अनुमति पाएको छ ।

चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट प्रदान गरेको छ । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जानकारी दिए ।  स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेको उनले जानकारी दिए ।

अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउने छ । यस सम्बन्धी प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उनले बताए।

त्यसैगरी यसै वर्ष सञ्चालनको अनुमति पाएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पनि शैक्षिक वर्ष २०७७–०७८ का लागि स्वास्थ्य विषयमा पहिलो पटक अध्यापनको अनुमति पाएको छ ।  आयोगले प्रतिष्ठानलाई बिएनएस विषयका लागि २० सिट, बिपिएचका लागि २०, बिएलटीका लागि २० र बिएसी नर्सिङका लागि २० गरी जम्मा ८० सिट अध्यापनका लागि अनुमति प्रदान गरेको छ ।

त्यसैगरी यो वर्ष देखि नै सञ्चालनमा आएको गण्डकी विश्वविद्यालयलाई आयोगले बिफार्माका लागि २०, बिएससी एमआइटी ६ बिएससी एमएलटीका लागि २४, बिएससी नर्सिङका लागि ४० र एमबीबीएसका लागि १०० सिटमा अध्यापन गर्ने अनुमति दिएको छ ।

त्यस्तै कर्नाली एकेडेमी अफ हेल्थ साइन्सले बिएनएस विषयका लागि २०,बिएनएस ९एम्आईडी० मा १०, बि फार्माका लागि २०, बिपिएचका लागि २०, एमबीबीएसका लागि २० सिट अध्यापन गर्न अनुमति पाएको छ ।

Thuprai - Books and E-books
I Tech store