त्रिवि सम्बन्धन प्राप्त कलेजलाई कानुनका स्नातक कार्यक्रम थप्ने अवसर

त्रिभुवन विश्वविद्यालय (त्रिवि) कानुन संकायले सम्बन्धन प्राप्त निजी क्याम्पस तथा कलेजहरूलाई थप शैक्षिक कार्यक्रम सञ्चालनको अवसर प्रदान गरेको छ।

त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको मिति २०८२।०५।१८ तथा मिति २०८२/०६/२७ को सुचाना र  त्रिवि कार्यकारी परिषद्को मिति २०८२।०५।१४ र मिति २०८२।०६।२५ को निर्णयानुसार, कानुन संकाय अन्तर्गतका पाँच वर्षे बीए.एल.एल.बी. (१० सेमेस्टर) र तीन वर्षे एल.एल.बी. स्नातक तहका कार्यक्रमहरूमा कार्यक्रम वा सेक्सन थप गर्न इच्छुक कलेजहरूलाई आवेदन माग गरिएको छ।

इच्छुक कलेजहरूले  २०८२ कार्तिक ३० गतेभित्र आवश्यक कागजातसहित कानुन संकाय डीनको कार्यालयमा आवेदन फारम पेस गर्न सक्नेछन्।

कार्यक्रम वा सेक्सन थप हुन सक्ने शैक्षिक कार्यक्रम र तह

१) तह: स्नातक

२) शैक्षिक कार्यक्रमहरू: क) बीए.एल.एल.बी. ख) एल.एल.बी.

आवेदन फारम शुल्क:

  • आवेदन फारम शुल्क: रु. ५,०००।– (अक्षेरुपी पाँच हजार रूपैयाँ मात्र)
  • काठमाडौं उपत्यकाभित्रका क्याम्पस/कलेजहरूका लागि कार्यक्रम शुल्क: रु. ५५,०००।– (अक्षेरुपी पचपन्न हजार रूपैयाँ मात्र)
  • काठमाडौं उपत्यकाबाहिरका क्याम्पस/कलेजहरूका लागि कार्यक्रम शुल्क: रु. ७५,०००।– (अक्षेरुपी पचहत्तर हजार रूपैयाँ मात्र)

उक्त रकम नेपाल बैंक लिमिटेडको कानुन संकाय डीनको कार्यालयको नाममा रहेको खाता नम्बर २१७००१००१९२४३४०००००१  मा जम्मा गरी सक्कल भौचर आवेदन फारमसँगै अनिवार्य रूपमा बुझाउनुपर्नेछ। आवेदन फारम तथा विस्तृत जानकारी संकायको वेबसाइट www.fol.edu.np बाट प्राप्त गर्न सकिने डीनको कार्यालयले जनाएको छ।