Edusanjal

मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज

नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।

विश्वविद्यालयले आफ्नो मातहतको स्नातक तह बीएएमएसको सम्बन्धन खारेज गरेको हो ।विश्वविद्यालयको कार्यकारी परिषदको माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको डिन कार्यलयद्वारा जारी गरिएको सूचनामा  उल्लेख गरिएको छ ।

‘नेपाल संकृत विश्वविद्यालयअन्तर्गत आयूर्वेद स्नातक तह बीएएमएस सञ्चालन गर्न सम्बन्धन प्राप्त मिथिला मेडिकल कलेज तथा अनुसन्धान केन्द्र, जनकपुरको सम्बन्धमा नेसंविको कार्यकारी परिषद्को माघ ११ गतेको बैठकको निर्णय नम्बर १३७ अनुसार सम्बन्धन खारेज गरिएको छ,’ सूचनामा उल्लेख छ ।

+2 School
Counseling
Bachelors Portal