After SEE Portal

विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत

Bridge Course

कर्णाली प्रदेशमा विद्यालय तह पास गर्ने जम्मा आठ प्रतिशत रहेको पाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार, सो प्रदेशमा विद्यालयको विद्यार्थी टिकाउ दर पनि कमजोर देखिएको छ ।

प्रदेशको साक्षरता दर ७६ दशमलव एक प्रतिशत छ । कूल साक्षरता दरको सबैभन्दा बढी ३० दशमलव ९ प्रतिशत व्यक्तिले कक्षा पाँचसम्म मात्रै पढेका छन् भने २१ दशमलव पाँच प्रतिशतले आठ कक्षासम्म मात्रै पास गरेको देखिएको छ ।

 कर्णालीमा पुरुष भन्दा १४.२ प्रतिशत बढी महिला निरक्षर छन् । पुरुषको साक्षरतादर ८३ दशमलव ६ प्रतिशत छ हुँदा महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

 यो प्रदेशमा अझै २४ प्रतिशत नागरिक साक्षर हुन बाँकी रहेका छन् ।

सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा रहेको कूल जनसङ्ख्या १६ लाख ८८ हजार ४१२ मध्ये २४ प्रतिशत अर्थात ४ लाख५ हजार २१९ जना अहिले पनि निरक्षर छन् ।

A Levels MA
Thuprai - Books and E-books