Bachelors Portal

पशु चिकित्सामा अनुमति नलिएका शिक्षण संस्थामा भर्नाका लागि सूचना जारी

Managed Admission 2022

नेपाल पशु चिकित्सा परिषद्कोे अनुमति बिना विभिन्न विश्वविद्यालय सम्बद्ध कलेजले भर्ना सम्बन्धी सूचना जारी गरेको पाइएको छ । परिषद्को  साउन २१ गतेको ३३६औं बैठकले विभिन्न कलेजले बिना अनुमति भर्ना सम्बन्धी सूचना जारी गरेको निर्णय गरेको छ ।

विभिन्न विश्वविद्यालयहरूले प्रकाशन गरेको भनसम्बन्धी सूचनामा परिषद्को ध्यानाकर्षण भएको  जनाएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको  साउन १ गते पशु चिकित्सा तथा पशुपालन स्नातक कार्यक्रम समेतको संयुक्त छात्रवृत्ति प्रवेश परीक्षाको अनलाइन आवेदन फारम भर्नेसम्बन्धी सूचना तथा सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त हिमालयन कलेज अफ एग्रिकल्चरल साईन्सेज एन्ड टेक्नोलोजी कलेज र नेपाल पोलिटेक्निक इन्स्टिच्युटले नयाँ शैक्षिक सत्र २०८१र८२ का लागि यी कार्यक्रममा विद्यार्थी भर्नाको लागि  सूचना प्रकाशित गरेको जनाएको छ ।

त्यसैगरी, त्रिभुवन विश्वविद्यालयले साउन १८ गते  बीभीएससी र एएच कार्यक्रमको लागि भर्नासम्बन्धी सूचना प्रकाशित गरेको  छ ।

उक्त सूचनाहरू सम्बन्धमा नेपाल पशु चिकित्सा परिषद् ऐन, २०५५ को दफा (९) खण्ड (च) बमोजिम र नेपाल पशु चिकित्सा परिषद् नियमावली, २०५७ को नियम (१०) को (१) र (२) पशु चिकित्सा विषयको शिक्षा दिने शिक्षण संस्थाले पूर्व स्वीकृति नलिई सूचना प्रकाशित गरेको कार्य परिषद्को शिक्षण संस्थाको न्यूनतम मापदण्ड विनियमावली, २०६३ संशोधनसहित उपरोक्त कुनै पनि शिक्षण संस्थाले हालसम्म स्थायी मान्यता प्राप्त नगरेको  परिषद्ले जानकारी दिएको छ ।

हरेक शैक्षिक सत्रको भर्ना अगावै परिषदबाट न्यूनतम मापदण्डबमोजिम सम्बन्धित कलेजहरूको अनुगमन निरीक्षण गराई परिषदबाट अस्थायी मान्यता लिएर सशर्त भर्नासम्बन्धी सूचना प्रकाशित गरेका सो विश्वविद्यालयहरू र त्यस अन्तर्गतका पशु चिकित्सा तथा पशुपालन स्नातक अध्ययन अध्यापन गराउने शिक्षण संस्थाहरूको आगामी नयाँ शैक्षिक सत्रको भर्ना प्रक्रिया रद्द गरी परिषद्को न्यूनतम मापदण्ड पुरा गरी परिषद्को स्वीकृति प्राप्त गरेर मात्र भर्ना प्रक्रिया सुरु गर्न–गराउन सूचित गरेको छ ।

विश्वविद्यालयको पूर्ववत् सूचनाबमोजिम नयाँ भर्नाको मान्यता  परिषद्बाट नदिइने–नरहने परिषद्ले जनाएको छ ।

Select college / campus