After SEE Portal

दलका नेता शिक्षकको सात दिनमा राजिनामा, धमाधम उच्च शिक्षामा छात्रवृत्ति घोषणा गर्दै नवनिर्वाचित जनप्रतिनिधि

Bridge Course

दलको कार्यकारिणीमा आवद्ध भएका शिक्षकले सात दिनभित्र पालिकामा राजिनामा पेस गर्नुपर्ने, उच्च शिक्षामा छात्रवृत्रि प्रदान गरी स्थानीय स्तरमा नै डाक्टर इन्जिनियर उत्पादन गर्ने, आवासीय विद्यालयको व्यवस्थापनमा थप जोड दिने, पालिकाको सिकाइ स्तर उकास्न नयाँ बाटो अपनाउने निर्णय गरेका छन् ।

गणतन्त्र स्थापना पछि मुलुकमा दोस्रो पटक स्थानीय निर्वाचन सम्पन्न भएको छ । स्थानीय निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगिसकेको छ । अहिले धमाधम नवनिर्वाचित जन प्रतिनिधिले विजयसंगै आफ्नो पदभार ग्रहण गरिरहेका छन् । पदभारग्रहणसंग उनीहरूले पहिलो निर्णयमा हस्ताक्षर पनि गरेका छन् । पहिलो निर्णमा नै धेरै पालिकाका प्रमुखले कार्यान्वयनमा आए शिक्षा क्षेत्रमा आमुल परिवर्तन आउने निर्णय गरेका छन् । केही जनप्रतिनिधिले दलको कार्यकारिणीमा आवद्ध भएका शिक्षकले सात दिनभित्र पालिकामा राजिनामा पेस गर्नुपर्ने, उच्च शिक्षामा छात्रवृत्रि प्रदान गरी स्थानीय स्तरमा नै डाक्टर इन्जिनियर उत्पादन गर्ने, आवासीय विद्यालयको व्यवस्थापनमा थप जोड दिने, पालिकाको सिकाइ स्तर उकास्न नयाँ बाटो अपनाउने निर्णय गरेका छन् ।

नयाँ जन प्रतिनिधि, नयाँ जोस र जागर सहित धमाधम नयाँ नयाँ निर्णय गर्दै छन् ।

नयाँ जन प्रतिनिधि, नयाँ जोस र जागर सहित धमाधम नयाँ नयाँ निर्णय गर्दै छन् । आफ्नो पाँच वर्से योजना घोषणा गर्दै धेरै जनप्रतिनिधिले सुन्दा अत्यन्तै आन्नद लाग्ने निर्णय त गरेका छन् तर कार्यान्वयनमा कतिको उदारता देखाउछन् त्यो त हेर्न बाँकी नै छ ।

पदभार ग्रहण पनि पहिलो निर्णय गर्दै बर्दियाको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले राजनीतिक दलमा आबद्ध शिक्षकलाई तत्काल राजिनामा दिन निर्देशन दिएका छन् । पदभार ग्रहण लगत्तै सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै प्रमुख थारुले राजनीतिक दलको कार्यकारीणी पदमा रहेका शिक्षक तथा कर्मचारीलाई राजिनामा गर्न निर्देशन दिएका हुन् । उनको पत्रमा उक्त विवरण ७ दिनभित्र नगरपालिकामा पेश गर्न पनि निर्देशन दिएका छन् ।

 ‘शिक्षा ऐन २०२८ (संशोधनसहित) को दफा १६ (ङ) को उपदफा ५ को (छ) मा उल्लेखित व्यवस्था उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनीतिक दलको कार्यकारीणी पदमा रही विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरण विपरित गर्ने यस राजापुर नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र यस कार्यालयमा पेश गर्न हुन जानकारी गरिन्छ ।’ पत्रमा उल्लेख गरिएको छ ।

पुर्चौडी नगरपालिकाले नगरपालिकाभित्र सञ्चालित विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई अध्ययन निःशुल्क गर्न विद्यार्थीको भर्ना तथा पठनपाठन शुल्कवापतको रकम शोधभर्ना गर्ने निर्णय गरिएको छ ।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले नगरभित्रका दलित र अल्पसङ्ख्यक समुदायका विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्ने पहिलो निर्णय गरेका छन् ।उनले पदभार ग्रहण गर्दै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिसमेत उपलब्ध गराउने बताए ।

त्यसैगरी रोल्पाको रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्ती र उपप्रमुख गिता आचार्यले औपचारिक पदभार ग्रहण गर्दै बालबिकासका शिक्षक र सामुदायिक विद्यालयका सहयोगी कर्मचारीहरूका लागि केन्द्र सरकारले दिएको तलब रु. ८ हजारमा रु. ७ हजार थप गरि मासिक १५ हजार दिने पहिलो निर्णय गरेका छन्।

त्यस्तै हुम्लाको अदनचुली गाउँपालिकाका जनप्रतिनिधिले पहिलो निर्णयमा नै गरिब, दुःखी, विपन्न, दलित, अपाङ्गता, सहीद, बेपत्ता, घाइते र विस्थापित परिवारका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृति दिने निर्णय गरेका छन् ।

देव माध्यमिक विद्यालयमा सञ्चालित हिमाली आवासीय छात्रवासलाई थप फराकिलो बनाउने

हुम्लाको ताँजकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष लालकेश जैशीले पहिलो बैठकबाट मदना देव माध्यमिक विद्यालयमा सञ्चालित हिमाली आवासीय छात्रवासलाई थप फराकिलो बनाउने, शैक्षिक गुणस्तर कायम गरी शिक्षाको पहुँच भन्दा बाहिर रहेका विपन्न दलित समुदायका विद्यार्थीलाई आवासीय व्यवस्थापन गर्ने र वार्षिक २० विद्यार्थीलाई सरकारको मापदण्ड अनुसार बजेटको व्यवस्थापन गाउँपालिकाबाट गर्ने निर्णय गरेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालका अनुसार एक वर्षमा २० बालबालिकालाई छात्रवृत्तिको व्यवस्था गरिने अध्यक्षक जेशीले निर्णय गरेका हुन् ।

सामुदायिक तथा सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था

त्यसैगरी, जुम्लाको हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सामुदायिक तथा सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पठनपाठनको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यस्तै सुर्खेतको चिंगाड गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले पहिलो निर्णय नै पालिकामा एक विद्यालयलाई नमुना विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । सो पालिकाले अब अध्यक्ष नमुना विद्यालय कार्यक्रम सञ्चालन गर्ने भएको छ । नवनिर्वाचित अध्यक्ष बोधविक्रम जिसीले पहिलो निर्णय नै पालिकामा प्राविधिक शिक्षा र उत्पादनमूलक कार्यक्रम सञ्चालनका लागि नमुना विद्यालयको विकास गर्ने भएको बताए । उनले नमुना विद्यालय सञ्चालनका लागि निश्चित कार्यविधि बनाइने जानकारी दिए ।

प्राविधिक शिक्षातर्फ इन्जिनियर र डाक्टर लगायतका विषयमा छात्रवृत्ति प्रदान गर्ने

रुकुम पश्चिमको सानोभेरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विर्खबहादुर विष्टले प्राविधिक शिक्षातर्फ इन्जिनियर र डाक्टर लगायतका विषयमा छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेका छन् । छात्रवृत्तिबाट पढेकाले निश्चित समयका लागि गाउँमा निःशुल्क सेवा गर्नुपर्ने छ ।

दैलेखकै नौमुले गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छवि सुवेदीले आफूले पाउने सेवा, सुविधाको रकमबाट अक्षय कोष स्थापना गरी सम्पूर्ण जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका छन् । उनले सम्पूर्ण विद्यालयमा कार्यरत शिक्षकले कम्तीमा पनि ४५ मिनेट विद्यार्थीलाई नैतिक शिक्षा सम्बन्धी अध्यापन गराउनु पर्ने निर्देश्न दिएका छन् । जिल्लाकै दुर्गम स्थानमा पर्ने यो पालिकामा गुणस्तरीय शिक्षाका लागि आफ्नो जोड रहेको उनले बताए ।

सूर्खेतको लेकवेशी नगरपालिकाले पाँच वर्षमा पाँचै जना विद्यार्थीलाई डाक्टर बनाउने निर्णय गरेको छ। नगरपालिकाको पहिलो प्राथमिकतामा पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत डाक्टर पढाउने रहेको पदभार ग्रहण गर्दै नगर प्रमुख उमेश पौडेलले निर्णय गरे।

A Levels MA
Thuprai - Books and E-books