CMAT

कृषि विश्वविद्यालयका एक हजारभन्दा बढी विद्यार्थी दीक्षित

कृषि तथा वन विज्ञान विश्वविद्यालयका एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका अवसरमा विद्यार्थी दीक्षित भएका हुन् ।

 विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यराज रेग्मीका अनुसार स्नातक तह उत्तीर्ण  ७९८ जना दीक्षित भएका थिए । दीक्षित हुनेमा कृषि संकायतर्फ ५६८, पशु चिकित्सातर्फ ४७, मत्स्य विज्ञानका २६ जना र वन विज्ञानका १५७ जना विद्यार्थी दीक्षित भएका छन् । स्नातकोत्तरतर्फ कृषिका १२३ जना, पशु चिकित्साका ३६, पशु विज्ञानका २० जना, मत्स्य विज्ञानका १३ जना र वन विज्ञानका ६० गरी २५२ विद्यार्थी दीक्षित भएका छन् । विद्यावारिधिमा दीक्षित हुने नौ जनामध्ये आठ जना कृषि र एक जना विद्यार्थी वन विज्ञानका छन् ।प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा सिक्किम स्किल विश्वविद्यालयका उपकुलपति प्राडा अजयकुमार मिश्र उपस्थित थिए ।

विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो ।उपकुलपति रेग्मीले स्थापना दिवसका दिन दीक्षान्त समारोह सुरु गरेसँगै अब नियमित दीक्षान्त समारोह हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा साहित्यिक कार्यक्रम, रक्तदान, वृक्षारोपण पनि गरिएको थियो । विश्वविद्यालयमा यही असार ४ र ५ गते अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजना हुँदैछ ।

Thuprai - Books and E-books