Bachelors Portal

ननग्रेडमा पर्ने छात्रा धेरै, ३.६–४.० जीपीए ल्याउने गतवर्षभन्दा बढी

Managed Admission 2022

बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० देखि २ सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी रहेका छन् । 

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०७२ देखि  अक्षराङ्कन प्रणाली अनुसार गर्दै आएको छ ।

अक्षराङ्कन प्रणाली लागु भएको करिब एक दशक (नौ वर्षपछि) को यो अवधिमा पहिलो पटक ननग्रेडेड भनेर नतिजा प्रकाशन गरेको छ ।

अघिल्लो वर्षसम्म ग्रेड वृद्धि परीक्षा दिन चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराएर कक्षा ११ मा भर्ना लिने अनुमति दिँदै आएको बोर्डले यो वर्ष २ लाख ४२ हजार ३१३ जना विद्यार्थीलाई कक्षा ११ मा भर्ना हुनबाट बञ्चित भएका छन् । एसईईको नतिजामा यी विद्यार्थी ननग्रेडमा परेका हुन् । यो कुल विद्यार्थी संख्याको  ५१.१४ प्रतिशत हो ।

प्रकाशित नतिजा अनुसार १ लाख २८ हजार २५७ छात्रा ननग्रेडमा परेका छन् भने १ लाख १४ हजार ४८ छात्र नन ग्रेडेडमा परेका छन् । बोर्डका अनुसार उत्तीर्ण हुने विद्यार्थीमध्ये १.६० देखि २ सम्म जीपीए ल्याउने ६ जना रहेका छन् । यस्तै जीपीए २ देखि २.४० ल्याउने २९५० जना, जीपीए २.४० देखि २.८० ल्याउने ४१ हजार ४७७ जना, जीपीए २.८० देखि ३.२० ल्याउने ७८ हजार ८७४ र जीपीए ३.२० देखि ३.६० ल्याउने ६८ हजार २५६ जना र ३.६० बाट ४ सम्म ल्याउने ३१ हजार २०९ जना  विद्यार्थी रहेका छन् । 

अक्षराङक पद्धति लागु भएपछिको एसईईको नतिजा

यो वर्षको एसईईक जिपिए ३ दशमलव ६० देखि चार प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा बढेको छ । यसवर्ष  यो जीपीए प्राप्त गर्ने ३१ हजार २०९ रहेका छन् । भने गत वर्ष यो समूहको जीपीए ल्याउने २२ हजार ४७५ अर्थात् चार दशमलव ६३ प्रतिशत थिए ।  यो वर्ष यो समूहको जीपीए ल्याउन गत वर्षभन्दा ८ हजार ७३४ जना बढी रहेका छन् ।भने २०७७ मा  एक दशमलव ९४ प्रतिशत विद्यार्थी थिए ।

यो वर्ष जिपिए एक दशमलव ६० देखि दुईसम्म प्राप्त गर्ने यसवर्ष  ६ जना रहेका छन् भने गत वर्ष ८८ हजार ४४७ अर्थात् १८ दशमलव २४ विद्यार्थी थिए । भने, २०७७ मा  २० दशमलव ३० प्रतिशत थिए ।

जिपिए दुईदेखि दुई दशमलव ४० सम्म यसवर्ष  २९५० विद्यार्थीले ल्याएका छन् भने यो समूहको जीपीए ल्याउने गत वर्ष एक लाख २२ हजार ९३ विद्यार्थी अर्थात् २१ दशमलव ०९ विद्यार्थी थिए । भने त्यसको अघिल्लो वर्ष वर्ष २३ प्रतिशत थिए ।

जिपिए दुई दशमलव ४० देखि दुई दशमलव ८ सम्म ल्याउनेमा यसपटक ४१ हजार १७७ जना रहेका छन् भने गत वर्ष यो समूहको जीपीए ८९ हजार ३३१ अर्थात् १८ दशमलव ४२ प्रतिशत थिए ।  अघिल्लो वर्ष २०७७ मा १८ दशमलव ३१ प्रतिशत थिए ।

जिपिए दुई दशमलव ८० देखि ३ दशमलव २० सम्ममा यो वर्ष ७८८७४ जना रहेका छन् भने गत वर्ष यो समूहको जीपीए ल्याउने ७२ हजार तीन सय ६२ अर्थात् १४ दशमलव ९२ प्रतिशत विद्यार्थी थिए । शैक्षिक वर्ष २०७७ मा १४ दशमलव १९ प्रतिशत थिए ।

जिपिए तीन दशमलव २० देखि तीन दशमलव ६० ल्याउने यो वर्ष ६८२५६ जना रहेका छन् भनृ गत वर्ष यो समूहको जिपिए ल्याउने ५५ हजार ६९ अर्थात् ११ दशमलव ३६ प्रतिशत  थिए । २०७७ को एसईईको यो समूहको जीपीए ल्याउने ८ दशमलव ४० प्रतिशत थिए ।

अक्षराङ्कन पद्धति लागु भएको पहिलो वर्ष शैक्षिक वर्ष २०७२ मा ३.६–४.० जीपीए ल्याउनेको संख्या १२ हजार २८७, २०७३ मा १२ हजार २८४, २०७४मा १८ हजार ६८४, २०७५ मा १८ हजार १२६ ले ल्याएका थिए ।

त्यसैगरी २०७६ मा शैक्षिक सत्र, २०७६ मा कोरोना महामारीका कारण परम्परागत तरिकाले भौतिक रूपमा परीक्षा सञ्चालन गर्न नसकी नेपाल सरकार मन्त्रिपरिषद्को २०७७ जेठ २८ को निर्णय अनुसार विद्यालयहरूले मूल्याङ्कन गरेको प्राप्ताङ्कका आधारमा नतिजा प्रकाशन गरिएको थियो । सो वर्ष ७८ हजार १६९ जनाले ३.६–४.० जीपीए ल्याएका थिए ।

त्यस्तै २०७७ सालको एसईई ३.६–४.० जीपीए ल्याउनेको संख्या ७२ हजार ८७२ मा झर्यो । भने बोर्डले लिएको २०७८ को एसईईमा सो समूहको जीपीए ल्याउने विद्यार्थीको संख्या  ९ हजार ६३३ रहन पुग्यो । भने २०७९ को परीक्षामा यो समूहको जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ रहेको थियो ।

यो अवधिमा परीक्षामा सहभागी विद्यार्थी संख्या

२०७३ को परीक्षामा नियमिततर्फ क्रमशः ४ लाख ३७ हजार ३९५ र ४ लाख ४५ हजार ५६४ परीक्षार्थी समावेश भएका थिए ।  २०७४ को एसईई परीक्षामा नियमिततर्फ ४ लाख ६६ हजार ७०० परीक्षार्थी समावेश भएका थिए ।

त्यसैगरी २०७५ को एसईईमा ४ लाख ५९ हजार २७५ जनाले एसईई दिएका थिए । शैक्षिक सत्र, २०७६  कुल विद्यार्थी ४ लाख ८२ हजार ९८३ सहभागी भएकोमा थिए । त्यसैगरी २०७७ को एसईईमा ४ लाख ७५ हजार १८६ जना सहभागी भएका थिए ।

२०७८ को  एसईईमा ४ लाख ७३ हजार १११ र २०७९ मा४ लाख ७० हजार ९३७ विद्यार्थी सङ्ख्या  तीन वर्ष सम्म लगातार घट्टो क्रम्ममा रहेको थियो ।

Select college / campus