Bachelors Portal

पाठ्यक्रममा परिमार्जनको तयारीमा मन्त्रालय

पाठ्यक्रममा परिमार्जनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल अघि बढाउने भएको छ । असोज पहिलो हप्ताभित्र मन्त्रालयले विज्ञटोलीसंग छलफल गर्ने भएको हो ।

पाठ्यक्रमलाई व्यवहारिक बनाउन  मन्त्रालय परिमार्जन गर्न तयारीमा जुटेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् ।

शिक्षा पत्रकार समूहको रजत जयन्तीको अवसरमा बोल्दै मन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण गरेर तथ्यांक समेत आइसकेको बताइन् । कक्षा १० को मात्र नभई आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन व्यवस्थित गर्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्नेमा जोड दिइन् ।

‘निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले निःशुल्क गरे भनेको तर, त्यसको तयारी नै गरेको छेन ।’ उनले भनिन्, ‘सरकारले ऐनको जिम्मेवारीलिएको छैन, सरकारले विद्यालय शिक्षाको जिम्मा लिनुपर्ने र त्यसका लागि स्थानीय तहको अधिकार खोस्ने नभई सक्षम, समृद्ध बनाउनुपर्छ ।’

पाठ्यक्रममा परिमार्जनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल अघि बढाउने भएको छ । असोज पहिलो हप्ताभित्र मन्त्रालयले विज्ञटोलीस.ग छलफल गर्ने भएको हो ।

पाठ्यक्रमलाई व्यवहारिक बनाउन  मन्त्रालय परिमार्जन गर्न तयारीमा जुटेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बताइन् ।

शिक्षा पत्रकार समूहको रजत जयन्तीमन् अवसरमा बोल्दै मन्त्री भट्टराईले पाठ्यक्रम परिमार्जनको लागि केही सर्वेक्षण गरेर तथ्यांक समेत आइसकेको बताइन् । कक्षा १० को मात्र नभई आधारभूत तहदेखि नै परीक्षाको मूल्यांकन व्यवस्थित गर्न पाठ्यक्रम नै परिमार्जन गर्नुपर्नेमा जोड दिइन् ।

‘निःशुल्क तथा अनिवार्य शिक्षा ऐनले निःशुल्क गरे भनेको तर, त्यसको तयारी नै गरेको छेन ।’ उनले भनिन्, ‘सरकारले ऐनको जिम्मेवारीलिएको छैन, सरकारले विद्यालय शिक्षाको जिम्मा लिनुपर्ने र त्यसका लागि स्थानीय तहको अधिकार खोस्ने नभई सक्षम, समृद्ध बनाउनुपर्छ ।’

Thuprai - Books and E-books