Bachelors Portal

शिक्षा दिवसका दिन उधारो पदक घोषणा गरिने !

आगामी असोज दुई गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय शिक्षा दिवस मनाउँदैछ । मन्त्रालयले गत वर्षदेखि असोज दुई गते राष्ट्रिय शिक्षा दिवस मनाउँदै आएको छ ।

मन्त्रालयले विभिन्न सूचक तयार गरी नेपाल विद्याभूषण ‘क’, ‘ख’ र ‘ग’, नेपाल छात्रा विद्यापदक क र ख तथा नेपाल प्रविधि विद्याभूषण पदक वितरण गर्ने भन्दै आएको छ । मन्त्रालयले गत वर्ष पनि मापदण्ड पुरा भएका तथा व्यक्ति तथा संस्थाहरूलाई पदक वितरण गर्ने भन्दै नामावली मन्त्रालयको वेबसाइडमा राखेको थियो । पदक पछि वितरण गर्ने भनेर रोकिएको पदक अहिलेसम्म पनि कसैले पाएका छैनन् ।

यो वर्षको शिक्षा दिवसमा पनि पदक विजेताको नामावली वेबसाइडमा उदारोमा राखिने निश्चित देखिएको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै दिवसका दिन नाम मात्र सार्वजनिक गरिने र पदक वितरण गर्ने मिति पछि सार्वजनिक गर्ने जनाएको छ ।

यो वर्ष पनि विभिन्न सर्तहरू पुरा गरेको व्यक्तिलाई भदौ १६ गते भित्र आवेदन माग गरेको थियो । मन्त्रालयमा आवेदन पनि पर्यो तर, बजेट अभावमा पदक वितरण गर्न नसकिने मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतका अनुसार शिक्षा दिवस मनाउन ६० लाख रूपियँँ बजेट विनियोजन भएको छ । उक्त रकमले , पदक वितरण गर्न नसनिे स्रँेतको दाबी छ । अर्थ मन्त्रालयसंग पदकका लागि बजेट माग गरिएको भए पनि निकासा नभएपछि पदक पुनः उदारोमा रहने भएको हो ।

मन्त्रालयका अनुसार गत वर्ष नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा गरिएको थियो ।

मन्त्रालयले विद्याभूषण पदक निर्माण गर्न गत आर्थिक वर्ष २०८०्८१ मा ६० लाख रुपियाँ विनियोजन गरेको थियो । त्यतिका विभूषण तयार गर्न करिब चार करोड रुपियाँ लाग्ने भनी ललितपुरको घरेलु तथा साना उद्योग कार्यालयले जानकारी दिएपछि रकम अभावले निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । सो कार्यालयले राज्यले प्रदान गर्ने विभिन्न मानपदवि तथा विभूषण तयार गर्ने गरेको छ । विगतमा नेपाली सेनाको आर्सनलमा शिक्षा पदक बनाउने गरिएकोमा गत वर्ष घरेलुमै दिने निर्णय भएको थियो ।

२०३१ सालदेखि हरेक फागुन १२ गते राष्ट्रिय शिक्षा दिवस मनाइँदै आएकोमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको दिनमा मनाउन थालियो । राष्ट्रिय शिक्षा दिवस अन्तर्राष्ट्रिय साक्षरता दिवसका दिन मनाउनु उपयुक्त नभएको भन्दै नयाँ मिति निर्णय नहुन्जेलका लागि भनेर २०७६ देखि २०७० सालसम्म शिक्षा दिवस मनाइएन । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७६ जारी भएको मितिका आधारमा असोज २ गते शिक्षा दिवस मनाउने निर्णय भएपछि पदक वितरणको पनि निर्णय गरिएको थियो ।

नेपाल विद्याभूषण ९क, ख र ग०, नेपाल प्रविधि विद्याभूषण तथा नेपाल छात्रा विद्यापदक ९क र ख० बाट पुरस्कृत हुनेको नामावली सार्वजनिक गरिएको थियो । विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’, स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्षबाट नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ ।

नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा गरिएको थियो ।

गत वर्ष घरेलु कार्यालयले प्रतिशिक्षा पदक तयार गर्दा दुई हजार पाँच सय रुपियाँ ज्याला लाग्ने जानकारी दिएको थियो । त्यस्तै प्रतिपदक १५ देखि २२ हजार रुपियाँ खर्च लाग्ने अनुमानित लागत दिइएको थियो ।

नेपाल विद्याभूषण ‘क’ मा ४२ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ख’ मा ३१ ग्राम शुद्ध चाँदी, नेपाल विद्याभूषण ‘ग’ मा २२ ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘क’ मा ३० ग्राम शुद्ध चाँदी, नेपाल छात्रा विद्यापदक ‘ख’ मा ३० ग्राम शुद्ध चाँदी र नेपाल प्रविधि विद्याभूषणमा ३१ ग्राम शुद्ध चाँदी प्रयोग हुन्छ भने सबै पदकमा एक ग्राम सुन लेपन गरिने कार्यविधिमा नै उल्लेख छ ।

मन्त्रालयका अनुसार यसअघि नेपाल विद्याभूषण ‘क’ तीन हजार ६६४ जनाले, नेपाल विद्याभूषण ‘ख’ एक हजार ९६० जनाले, नेपाल विद्याभूषण ‘ग’ एक हजार २१९ जनाले, नेपाल छात्रा विद्यापदक ‘क’ ५१७ जनाले र नेपाल छात्रा विद्यापदक ‘ख’ ३३५ जनाले पाइसकेका छन् ।

Thuprai - Books and E-books