After SEE Portal

उत्कृष्ट बिजनेस आइडियालाई मेरिल्याण्ड कलेजले लगानी गर्ने

Bridge Course

विराटनगरको मेरिल्याण्ड कलेजले बिजनेस आइडिया च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने भएको छ । कलेजमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई सहभागी गराउने गरी कलेजले सो प्रतियोगिता गर्ने भएको हो ।

उक्त प्रयोतियोगितामा उत्कृष्ट हुने विद्यार्थीको समूहलाई कलेजले लगानी तथा व्यस्थापनमा समेत साथ दिन कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले जानकारी दिए । 

विद्यार्थीले फरकफरक विषयमा बिभिन्न चरणमा प्रस्तुति गर्न लगाएर उत्कृस्ट आइडिया कलेजले छनौट गर्ने उनले बताए । विगतका विद्यार्थीहरूले पनि विभिन्न क्षेत्रमा उद्यमशीलता देखाएर स्टार्ट अपहरू संचालनमा ल्याएको र सोही विषयलाई निरन्तरता दिन कलेजले सो प्रतियोगिता सञ्चालन गर्न लागेको कलेजका प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्लेले बताए । 

कलेजको पढाई बेलायती पद्धतिको भएको हुनाले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्ने किसिमको भएको हुँदा हरेक बर्ष यस्ता कार्यक्रम ल्याएर विद्यार्थीको लागि उद्यमी बन्ने अवसर दिन उद्देश्यले कार्यक्रम गरिएको कार्यकारी वाग्लेको भनाई छ ।

बेलायतको १८० वर्ष पुरानो विश्वविद्यालय युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित छ । यसले चार वर्षे बीएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्टको कक्षा सञ्चालन गर्दै आएको छ ।

कलेजमा अहिले करिब ३००विद्यार्थी अध्ययनरत छन् । विगतका विद्यार्थीहरुले पनि विभिन्न क्षेत्रमा उद्यमशीलता देखाएर स्टार्ट अपहरु संचालनमा ल्याएको र त्यहिँ कुरालाई साथ दिन कलेजले लगानी समेत गर्न लागेको कलेजका प्रमुख कार्यकारी डा.ऋषिकेश वाग्लेले बताए । कलेजको पढाई बेलायती पद्धतिको छ । कलेजले विद्यार्थीहरुलाई उद्यमी बन्न प्रेरित गर्ने भएको हुदा हरेक बर्ष यस्ता कार्यक्रम ल्याएर बिद्यार्थीको लागि उद्यमी बन्ने अवसर दिने गरेको वाग्लेको भनाई छ ।

A Levels MA
Thuprai - Books and E-books