​शिक्षा सचिवमा आए महेश प्रसाद दाहाल

काठमाडौ । 

शिक्षा मन्त्रालयको सचिबमा महेश प्रसाद दाहाल आएका छन् । मन्त्री परिषद्को बैठकले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव दाहाललाई शिक्षा मन्त्रालयमा तानेको हो ।


२०४४ सालमा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका दाहालले श्रम र स्थानीय विकास मन्त्रालय अन्तर्गतका निकायहरुमा रहेर काम गरेका थिए । 

०४९ मा उपसचिव र ०६३ सालमा सहसचिव भएका दाहल महावाणिज्य दूत पनि भएका थिए । उनी ०७२ साल असोजमा सचिवमा बढुवा भएका हुन् ।