विश्वविद्यालय दलका पाटी प्यालेस जस्तै

प्रतिनिधि सभाको आजको आकस्मिक समयमा बोल्दैमा सांसद सुमना श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयका परीक्षा रोकिएकोमा आपत्ति जनाएकी  छिन् ।

आजको बैठकमा बोल्दै उनले विश्वविद्यालय ११ दिन अगाडिदेखि ठप्प हुँदा समेत सरकार मौन रहेको भन्दै आपत्ति जनाएकी छिन् ।

‘एउटा प्रधानमन्त्रीको अर्को गृहमन्त्रीको विश्वविद्यालय भएको छ ।’ उनले भनिन्, ‘विश्वविद्यालय राजनैतिक पार्टीका पार्टी प्यालेस जस्ता भएका छन् भन्दै उनले सोधिन्, ‘यसैका लागि हो सरकारमा जानुभएको हा ? विद्यार्थीलाई गुण्डागर्दी गर्न सिकाउने, गुण्डाहरुको संरक्षण गर्ने ? पढ्न नदिने, पढाउन नदिने, जाँच लिन नदिने। कृषक भनेर भोटको खेती खन्ने तर कृषि पढ्नेहरुको भविष्य डामाडोल पार्ने। जलवायु परिवर्तन बारे विदेशी मूलमा ढ्याङ्ग्रो ठोक्ने अनि नेपालमा वन अध्ययन गर्नेलाई जाँच समेत दिन नदिने। के चाही गर्न दिनुहुन्छ भनिदिनु होला।’

सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै राणा शासनमा विद्यालय खोलिदिए रे पढ्न पाइन्छ भन्ने सुनिथ्यो ओली शासनमा त न पढ्न पाइन्छ न त पढेर आफ्नो सर्टिफिकेट हात पार्न पाइन्छ। अब इतिहासले यसलाई ओली शासन भन्नुपर्ने हो  भन्ने प्रश्न सोधेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दिक्षान्त समारोह स्थगित गरेकोमा पनि उनले आपत्ति जनाइन् ।

सो प्रतिष्ठानको दीक्षान्त समारोह भदौ  २३ गतेका लागि तय गरिएको थियो सम्पूर्ण तयारी सकिएपछि  प्रधानमन्त्री ओलीले कुलपतिले कार्य व्यवस्तताको कारण देखाउँदै सो दिक्षान्त समारोह स्थगित गरेका थिए

उनले भनिन्, ‘विद्यार्थीहरूको दीक्षान्त समारोह पनि रोकिदिन्छौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिक्षान्त समारोह राकियो । आइतबार हुनुपर्ने दिक्षान्त समारोह सबै जना विद्यार्थीहरू अब त दीक्षित भइन्छ भनेर गए । प्रमज्यूले, कुलपतिज्युले राति म आउन सक्दिनँ कार्य व्यस्तता भनिदिनुभयो । कार्य व्यस्तता मिलाउन नसक्ने कस्तो कार्यक्षमतामाथि नै पटक पटक प्रश्न उठन थाल्यो ।’