After SEE Portal

स्कुले विद्यार्थीका लागि सिकाइ चौतारी

Bridge Course

कोभिड–१९ को महामारीका कारण विद्यालय जान नसक्ने विद्यार्थीका लागि सिकाइ चौतारी पोर्टलको शुभारम्भ गरिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहयोगमा तयार गरिएको सिकाइ चौतारी पोर्टलमा कक्षा १ देखि १२ कक्षासम्मका पाठ्यपुस्तक पढ्न र हेर्न सकिन्छ । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले यो पोर्टलको शुभारम्भ गरे । कोरोनाका कारण विद्यालय जान नपाएर घरमै भएका विद्यार्थीलाई मध्यनजर गर्दै पढ्न र हेर्न सकिने शिक्षामन्त्रीको निजी सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  मन्त्री पौडेलले दूरदराजका विद्यार्थीलाई लक्षित गरी शिक्षण सिकाइका सामग्री सहज, सरल र ग्रहणशील हुनुपर्ने बताए । “सहरमा प्रविधिको विकास भइसकेको छ” उनले भने, “यो पोर्टल गाउँका कुनाकन्दराका विद्यार्थीले सहजै चलाउन सक्नुपर्छ ।” उनले भिडियोको प्रस्तुति रोचक र आकर्षक भएमात्र विद्यार्थी सिकाइका लागि आकर्षित हुने बताए । 

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधकुमारी यादवले कोभिड–१९ का कारण सिकाइ केन्द्रको थालनी भएकोमा खुसी व्यक्त गर्दै वैकल्पिक शिक्षाका लागि नयाँ पोर्टल उपयुक्त हुने धारणा व्यक्त गरिन् । 

केन्द्रका महानिर्देशक चूडामणि पौडेलले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न पोर्टल तयार गरिएको बताए ।

पोर्टलका लागि ‘लर्निङ डट सीईएचआरडी डट ईडीयू डट एनपी’मा लगइन गर्न सकिन्छ । 

 

A Levels MA