SEE Result 2082

केयुले मास्टर अफ मिडिया स्टडिज् कक्षा सञ्चालन गर्ने

काठमाडौं.विश्वविद्यालय (केयु) को, स्कूल अफ आर्ट्स, भाषा तथा आमसञ्चार विभागले नयाँ शैक्षिक सत्रदेखि ‘मास्टर अफ मिडिया स्टडिज्’ (मिडिया अध्ययनमा स्नातकोत्तर) को कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कक्षा सञ्चालनका लागि विभागले तयार पारेको पाठ्यक्रम विषय समितिले पारित गरिसकेको छ । उक्त पाठ्यक्रम आगामी आइतबार विश्वविद्यालय अन्तर्गतको विद्या परिषद् समक्ष प्रस्तुत गरिने विभागका कार्यबाहक प्रमुख सह प्राडा सुधांशु दाहालले जानकारी दिए ।

विश्वविद्यालयका विद्या परिषद् तथा प्राज्ञिक परिषद्ले पारित गरेमा शैक्षिक सत्र २०७९ मा नै विद्यार्थी भर्ना लिने तयारी रहेको विभागीय प्रमुख दाहालले जानकारी दिए । यो कार्यक्रम दुई वर्से चार सेमेस्टरमा सकिने कार्यक्रम हो । विशेषगरी मिडियामा काम गरेका तर एकेडेमिक प्रमाणपत्रको अभावका कारण विभिन्न अवसरबाट बञ्चित भएका र आम सञ्चारमा अन्तर्राष्ट्रिय स्तरका जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ सञ्चालन गरिने विभागीय प्रमुख दाहालले जानकारी दिए । दाहालका अनुसार यो कार्यक्रम दुईओटा ट्रयाकबाट सञ्चालन गरिने छ । एउटा रिसर्च ट्रयाकको परिकल्पना गरेको छ भने अर्को मिडियासंग सम्बन्धित नीतिगत सम्बन्ध स्थापित गर्न सक्ने थिङक ट्याङ्को उत्पादन गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालनमा ल्याइने भएको हो ।

साथै, पेसा लक्षित समूहलाई एक वर्से कोर्स मार्फत पनि प्रमाण पत्र प्रदान गर्ने गरी विश्वविद्यालयले सम्बन्धन दिएको छ । भने केही विषय मात्र पढ्न चाहने विद्यार्थीलाई क्रेडिट बैङ्कको अवधारणा अनुरुप पोष्ट ग्रयाजुएटको प्रमाण पत्र विश्वविद्यालयले प्रदान गर्ने भएको छ ।

विभागीय प्रमुख दाहालले पाठ्यक्रमका बारे एक कार्याशाला आयोजना गरिएको र सो कार्यशालामा सम्बन्धित विधाका प्राध्यापक, मिडियाकर्मी, अध्येता, विश्वविद्यालयका पदाधिकारी लगायतको सहभागिता रहेको जानकारी दिए ।

नेपालबाटे नेपाली चिनाउने मिडिया हाउसका उत्पादनलाई अन्तर्राष्ट्रिय करण गर्न सक्ने, दक्ष र अनुसन्धानमा आधारित कोर्स भएको स्कुल अफ आर्टस्ले जानकारी दियो ।

केयुले यसको पठनपाठन भने स्कुल अफ आर्टस् हात्तिवनमा मात्र पढनपाठन गर्ने गरी तयारी थालेको छ । यो कोर्स पुरा गर्न एक विद्यार्थीले ३ लाख ९५ हजार रुपियाँ शुल्क तिर्नु पर्ने केयुले जानकारी दियो ।             

+2 School
Counseling
Bachelors Portal