Bachelors Portal

शिक्षा पत्रकार समूहको अध्यक्षमा कक्षपति निर्वाचित

Managed Admission 2022

शिक्षा पत्रकार समूह (ईजेजी) को अध्यक्षमा निर्जला कक्षपति निर्वाचित भएकी छन् ।

गत शनिबार सम्पन्न समूहको १२ औँ अधिवेशनले कक्षपतिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । नवनिर्वाचित कार्यसमितिले आज पदभार ग्रहण गरेको छ । 

समूहको वरिष्ठ उपाध्यक्षमा जनक नेपाल, उपाध्यक्षमा नवराज चालिसे, महा–सचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा प्रज्ञा तिम्सिना र कोषाध्यक्षमा सबिना बानियाँ निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा कृष्णसिंह धामी, रोजिना थापा कार्की, यम बम, अमृता बुढाथोकी, भागिरथी पण्डित, हरिसुन्दर छुकां र सञ्जिव घिमिरे ‘शुभचिन्तक’ निर्वाचित भए ।

समूहले स्थापना रजत वर्षको उपलक्ष्यमा आगामी ५ फागुनमा राष्ट्रिय शिक्षा सम्मेलन गर्ने भएको छ । आफ्नो स्थापनाको २५ वर्ष पुगेको अवसरमा समूहले शैक्षिक मुद्दा, नीति र कार्यान्वयनबारे बृहत् बहस गर्न लागेको हो । शिक्षा सम्मेलनमा नेपालको शैक्षिक विकास, अब लिनुपर्ने बाटो र शिक्षा पत्रकारितालगायत विविध मुद्दामा कार्यपत्र प्रस्तुत हुने, सातवटै प्रदेश र स्थानीय सरकारका शिक्षा नीतिबारे शैक्षिक बहस गराउने तयारी गरिएको छ । 

समूहको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले सो निर्णय गरेको हो । स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा समूहले यो वर्षभरि विविध कार्यक्रम गर्दै आएको छ । 

Thuprai - Books and E-books
Select college / campus