कोरोना भाइरसको असर शिक्षामा, नो अब्जेक्सन लेटर लिनेको संख्या घट्यो

कोरोना भाइरसका कारण चीनमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लिन विद्यार्थीहरुले छाडिसकेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखामा नो अव्जेक्सन लेटर लिनेहरुले भींड निकै छ । त्यस भीडमा चीनका लागि त्यसतो प्रमाणपत्र लिने शुन्य नै छन् ।

शाखाका उपसचिव गिरमान थापाले भने, ‘कोरोना भाइरसले चीन जान चाहने विद्यार्थी आउन छाडे । ’

शाखाका अनुसार २०७५ साउन १ गतेदेखि कोरोना भाइरसको संक्रमण नफैलिदाँ सम्मको अवधिमा तीन हजार एक सय ८४ जनाले चीनमा उच्च शिक्षा अध्ययनका लागि  नो अब्जेक्सन लेटर लिएका थिए ।

चिकित्सा शास्त्र, भाषा लगायतका अध्ययन गर्न नेपाली विद्यार्थी चीन जाने गरेका छन् ।

यसैविच, अध्यागमन विभागले उच्च शिक्षाका लागि साइप्रस जान लागेका चार जना विद्यार्थीलाई पक्राउ गरेको छ । उनीहरुले नक्कली नो अव्जेक्सन लेटरका आधारमा साइप्रस उड्न लागेका थिए ।

शखाका उपसचिव थापाले ती विद्यार्थीका साथमा रहेको नो अब्जेक्सन लेटरको विवरण आफुहरुको लगतसंग भिडाउँदा नमिलेको भन्दै तिनलाई विभागले नै कारवाही प्रकृया अघि बढाउने बताए ।